
रुपन्देही ।
कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् । शनिवार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतम रुपन्देही आइसकेका छन् ।
यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।
त्यसैगरी एलिलासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गर्दै छन् । उनी बैंकर तथा व्यवसायी हुन् । माघ ११ गते सत्तारुढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको छ ।उम्मेदवारी दर्ता गराउन दाङको निर्वाचन कार्यालय पुगेकी उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले दलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता नहुने दाबी गरेकी छन् ।
नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले नेपाल प्रेसलाई बताएको छ । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
एक सातापछि औपचारिक घोषणा गरिने
विमानस्थलको डिजाइन एउटा कम्पनीले, निर्माण अर्को कम्पनीले र परीक्षण उडान अर्को गरी तीन कम्पनी जोडिएकाले अब क्यानसँगै निर्माण कम्पनीका विज्ञहरू बसेर एरोथाई कम्पनीले दिएको प्रतिवेदनउपर छलफल गरी आउँदो एक साताभित्र औपचारिक रूपमा उडानयोग्य रहेको घोषणा गरिने भएको छ।
एरोथाई कम्पनीले दिएको प्रतिवेदनमा कुनै कमजाेरी नऔँल्याइएको भए पनि विज्ञहरूले प्रतिवेदनमा भएका सानासाना कुरा केलाएर हेर्ने र त्यसपछि क्यानले स्वीकृत गरेर ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गर्ने उनले जानकारी दिए।
सो प्रकाशनपछि विमानस्थल पूर्ण रूपमा उडानका लागि तयार भएको जानकारी सबैले पाउने र यसका लागि क्यानले सञ्चारमाध्यमसँगै अन्य माध्यमबाट स्वदेशी तथा विदेशी कम्पनीलाई उडानका लागि आह्वान गर्ने जानकारी दिए।
४७ वर्षपछि पोखरेलीको सपना पूरा
विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो।
शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गासमेत अधिग्रहण गरिएको थियो। निर्माणको काम भने शिलान्यास गरेको १५ महिना १८ दिनपछि अर्थात् १८ साउन ०७४ बाट सुरु गरिएको थियो।विमानस्थल निर्माणको काम १० जुलाई २०२१ मा सक्ने भनिए पनि कोरोनाका कारण निर्माण समय एक वर्ष थप गरिएको थियो।
लागत २१ करोड ७० लाख अमेरिकी डलर
पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीन सरकारको सहुलियत क्रण सहयोगमा विमानस्थल निर्माण गरिएको हो।
विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण उपलब्ध गराएको थियो। सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी ८ जेठ ०७१ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ। जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० को हुनेछ।विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ।
डाँडा कटानको काम जारी
विमानस्थल सञ्चालनको लागि मुख्य समस्याको रूपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ। विमानस्थलको पूर्वपट्टि रहेको डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गरिएको थियो।