News Portal

रविको मुद्दामा बोल्यो गृह, दियो कसैले कल्पनै नगरेको जवाफ !

एनपर्दा संवाददाता
३८७ पटक

काठमाडौं ।

गृह मन्त्रालयले उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दामा विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म नेपाली नागरिकता खारेज नहुने भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ ।

‘कुनै नेपाली नागरिकले अन्य देशको नागरिकता प्राप्त गरेको जानकारी तोकिएको अधिकारीलाई आधिकारिक रुपमा प्राप्त नभएसम्म तोकिएको अधिकारीले त्यस्तो व्यक्ति नेपाली नागरिक कायम नरहेको भनी अनुमान गरी कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने देखिँदैन’ गृहले २० पुसमा सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनिएको छ ।

गृह मन्त्रालयका सचिव विनोदकुमार सिंहले नागरिकता ऐन, २०६३ को दफा १०(१) लाई उधृत गरेका छन्, जसमा लेखिएको छ, ‘कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ तर विदेशी मुलुकको नागरिकता प्राप्त गरेको नेपालको आधिकारिक निकायलाई जानकारी हुनुपर्ने गृहको जिकिर छ ।

१० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका लामिछानेले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा अमेरिकाको नागरिकता लिएका थिए ।

कुनै नेपालीले विदेशी मुलकको नागरिकता लिएको स्वतः जानकारी नहुने भन्दै गृह मन्त्रालयले तोकिएको अधिकारीलाई कानून बमोजिम जानकारी भएमा मात्र नागरिकता खारेजीको कारबाही अघि बढ्ने बताएको छ । गृहमन्त्रालयले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।

गृहमन्त्रालयले लामिछाने विरुद्धको उजुरी दर्ता हुनासाथ २५ मंसिर २०७९ मा थप छानबिन र अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी र अन्य कागजात पठाएको जनाएको छ । छानबिन र अनुसन्धान प्रक्रिया चलिरहेको बेला नागरिकता खारेजीको माग राख्नु अनुचित हुने भन्दै गृह मन्त्रालयले रिट निवेदन खारेज हुनुपर्ने माग गरेको हो ।

गृहमन्त्री लामिछानेले आफूविरुद्ध परेको उजुरीको स्पष्टीकरणका क्रममा निर्वाचन आयोगमा सम्बन्धित व्यक्तिले सूचित नगरेको अवस्थामा सरकारले नागरिकता रद्ध गर्न नसक्ने जिकिर गरेका थिए ।

‘न मैले आफ्नो नागरिकता परित्याग गरी पाउँ भनी कहिल्यै निवेदन दिएको थिएँ’ लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरणमा भनिएको थियो, ‘न नेपाल सरकारले मेरो नागरिकता रद्द वा बदर गरेको छ ।’

गृहमन्त्रालयले पठाएको लिखित जवाफ रवि लामिछानेले आफू निर्वाचिन हुनुअघि निर्वाचन आयोगमा दिएको स्पष्टीकरणसँग मिल्दोजुल्दो छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ माघमा पूर्ण सुनुवाई गर्ने भएको छ ।

त्यसपछि उनले फेरि सोधे- कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ?जवाफमा गौतमले त्यो कुरा रिट निवदेकको विषय नभएकाले के-कसो भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताए।

अदालतमा पेस गरिएका विवरणअनुसार लामिछानेले २०५० फागुनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए। उनी अमेरिका गएर उतै बस्न थाले र २०७० साल फागुनमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए।

त्यसपछि नातेदार भिसामा नेपाल आएका उनले ‘सिधा कुरा जनतासँग’ भन्ने टेलिभिजन कार्यक्रम चलाउन थाले। यसैबीच सन् २०१५ अर्थात् २०७२ सालमा अमेरिकी नागरिकता कायमै रहेको अवस्थामा उनले खारेज भइसकेको नेपाली नागरिकता लिएर नेपाली राहदानी पनि निकालेको देखिन्छ। यसरी उनले जानाजानी कुनै समय अमेरिकी र नेपाली दुवै राहदानी बोकेको स्पष्ट हुन्छ।

२०७५ सालमा उनले नातेदार भिसा लिएर बसेर यहाँ काम गरिरहेको भन्दै विवाद भएको थियो। त्यसपछि प्रेस काउन्सिलले उनमाथि कारबाही प्रक्रिया सुरू गरेको थियो। उनले २०७५ जेठ ५ गते अमेरिकी नागरिकता त्याग्न अमेरिकी दूतावासमा निवेदन दिएका थिए।

त्यसपछि असार ६ गते अमेरिकी नागरिकता त्यागेको भन्दै आफ्नो रेकर्ड अद्यावधिक गर्न अध्यागमन विभागमा निवेदन दिएका थिए। असार १४ मा उनले अमेरिकी नागरिकता परित्यागको स्वीकृति पाएका थिए।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...