News Portal

लघुवित्तले होटेल खोजिदिन्छौ, यौन धन्दा गरेर हाम्रो किस्ता तिर, ऋण मिनाहा हुन्छ भन्छन् (भिडियो)

एनपर्दा संवाददाता
१३२६ पटक

काठमाडौं ।

लघुवित्तले होटेल खोजिदिन्छौ, यौन धन्दा गरेर हाम्रो किस्ता तिर, तेरो श्रीमानलाई मार ऋण मिनाहा हुन्छ भन्छन् (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: दरबारमार्गमा खुल्यो शत प्रतिशत हलाल रेस्टुराँ, अरेवियन स्वादका पारखीका लागि उपयुक्त गन्तब्य
अरेबियन परिकारका पारखीलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुराँ खुलेको छ। राजधानीमा बग्रेल्ती रेस्टुराँ खुले पनि अरेवियन परिकारहरुको स्वाद लिनका लागि रेस्टुराँ भेट्टाउनु दुर्लभ नै छ। अब त्यो रहर अरेबियन झझल्को दिने ‘द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ’ ले पूरा गर्नेछ।

एक करोड रुपैंयाँ भन्दा बढीको लगानीमा खुलेको यस रेस्टुराँमा शत प्रतिशत हलाल परिकारहरुको स्वाद लिन सकिनेछ। शुक्रबार नायक नाजिर हुसेनबाट द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको उद्घाटन भएको छ। द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सूरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको सजावट अरेबिक शैलीको छ।

अरेबिक सोफामा बसेर बिभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरुको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ। करिब एक सयभन्दा अरेबिक परिकारका साथमा इन्डियन परिकारहरु रेस्टुराँको मेनुमा उपलब्ध छन्। यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टि, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन पाईनेछ।

मजलिसमा बसेर पारिवारिक वातावरणमा बसेर आनन्द लिन सकिनेछ। यहाँ साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई जना इन्डियन सेफहरुले तयार पारेका साउदी अरेबियन, लेवनानी, सिरियन लगायत स्पेशल परिकार र फ्रेस जुस चाख्न सकिनेछ। यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो। पढ्नमा रुची हुनेहरुका लागि लाइब्रेरीको पनि सुविधा छ।

साउदी अरेवियालगायत बिभिन्न गल्फ देशबाट फर्केका ११ जना नेपाली व्यवसायीको समूहले सुरूवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ। यहाँ बस्नका लागि दुई वटा बेग्लै रुमको ब्यवस्था छ, जहाँ समूहमा बसेर खानाका परिकारको स्वाद लिनुका साथै मिटिङ पनि गर्न सकिनेछ। एउटा मिटिङ हलमा १४ र अर्कोमा १६ जना बस्न मिल्ने सिट क्षमता छ।

यस्तै अरेबिक सोफाले चिटिक्क पारिएको मजलिसमा एकै पटक १० जना बस्न सकिन्छ भने क्याफेमा १२ जना व्यक्ति बस्न सक्छन्। एकै पटक रेस्टुराँमा सबै गरेर ५२ जना अटाउन सक्ने सिट क्षमता छ। रेस्टुराँले जम्मा १८ जनालाई रोजगारी दिलाएको छ। रेस्टुराँको व्यवस्थापनमा फिरोज खान र क्रिएटिभ डाइरेक्टर तथा अन्तर्राष्ट्रिय फोटोग्राफर अफ्जल खानको व्यवस्थापन छ।

‘अरब मुलुकमा अनुमानित २० लाख नेपालीहरु छन्। तर, फर्किएका नेपालीहरुले यहाँ अरेबिक खानाका परिकारका लागि रेस्टुराँ भेटाउँदैनन्,’ सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठले भने, ‘यहाँ मुस्लिम संस्कार अनुसार हलाल मासुका परिकार चाख्न सक्नुहुन्छ।’

साउदी अरबमा ५ वर्ष बसेर फर्किएका श्रेष्ठले विदेशमा बसेर फर्किएका नेपालीहरु रोजगारी दिने आफ्नो प्राथमिकता रहेको सुनाए। विदेशमा बस्दा सिकेको सीपलाई स्वदेश प्रयोग गर्नु आफ्नो उद्देश्य रहेको उनले सुनाए। ‘बारम्बार विदेश जान नपरोस्। सकेसम्म नेपालमै रोजगारीको अवसर सिर्जना गरौं,’ श्रेष्ठले भने, ‘नेपालीहरुलाई बढी भन्दा बढी रोजगारी दिलाउने हाम्रो कम्पनीको लक्ष्य हो।’ अब, हेर्नुहोस समाचारको यो भिडियो

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...