
काठमाडौं ।
स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । नेपाल र स्कटल्याण्डबीच शुक्रबार त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो, जुन खेल घरेलु टोलीले ३ विकेटले जित्यो ।
खेलपछि दुवै टिमका खेलाडीहरूले हात मिलाएर मैत्री खेलभावना आदानप्रदान गर्ने प्रचलन छ । त्यसअनुसार नेपाल र स्कटल्याण्डका खेलाडीहरूले हात मिलाए । नेपालका सन्दीप लामिछाने पुछारमा बसे ।
नेपालका अरू खेलाडीहरूसँग हात मिलाएका स्कटल्याण्डका खेलाडीले सन्दीप लामिछानेतर्फ हेर्दै हेरेनन् । सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए । पूर्व सूचना भएका कारण सन्दीपले पनि हात अघि बढाएनन् ।सन्दीपमाथि नाबालिग बला’त्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।
क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिबारे जानकार रहेको भन्दै आफू सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध रहेको बताएको थियो ।
‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन,’ क्रिकेट स्कटल्याण्डले भनेको थियो, ‘यी खेलहरूमा खेलाडी समावेश गर्ने बारेमा नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो ।’
क्यानका अधिकारीहरूका अनुसार क्रिकेट स्कटल्याण्डले आफ्ना खेलाडीहरुले सन्दीपसँग हात नमिलाउने प्रष्ट सन्देश दिएका थिए । सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डको काम नदेखिएको बताएका छन्। उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्।
उनले भने, ‘ म यहाँ भित्र पस्दै गर्दा खै एउटा नागरिक बडा पत्र त देखिन् कसरी काम गर्नुहुन्छ। तपाईँहरू झिँगा मारेर बस्नु हुन्छ कि माखा मारेर बस्नु हुन्छ खै काम त केही देख्दिन त।’
उनले नेपाल पर्यटन बोर्ड पर्यटन विकासमा भन्दा भौतिक विकासमा लाग्ने गरेकाे बताए। किरातीले थपे, ‘ बोर्डले उद्देश्य एउटा देखाउँछ। काम एउटा गर्छ। यसले दालमा केही कालो छ भन्ने देखाउँछ।’ उनले आफ्नो काममा अग्रसर देखाएर राम्रो काम गरे तकमा र खाता भने जस्तै पाउने बताए।
आगामी आर्थिक वर्षदेखि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा रमाइलो मेलासहित पेटी, ठेलामा अस्थायी पसल राख्न दिन ठेक्का नगर्ने भएको छ । यो शिवरात्रिमा ठेला र पेटीमा, साइकलमा पसलहरू राख्न दिन कोषले ठेकेदारमार्फत चर्को शुल्कमा ठेक्का दिएर सडक पेटीमै ठेला राख्न दिएको छ।
यसमा काठमाडौं महानगरपालिकाले असहमति जनाएपछि कोषले आगामी आर्थिक वर्षबाट प्रक्रियागत रुपमा मात्रै काम गर्न सहमति जनाएको ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।सहमतिअनुसार यो वर्ष महानगरलाई ठेकेदार कम्पनीले कर तिर्ने, कोषले गर्ने सम्झौतामा पनि प्रचलित कानुनअनुसार महानगरसँग समन्वय गर्ने निर्णय भएको छ ।
‘उहाँहरुले विना जानकारी टेण्डर गर्नुभयो, कोषले ठेक्का मार्फत चर्को असुलेकोले हामीले असहमति जनाएका हौं । आगामी वर्षदेखि यस्तो गल्ती नगर्ने भनेपछि यो वर्षलाई यत्तिकै छोडेका छौं,’ छलफलमा सहभागी महानगरका एक कर्मचारीले भने ।
यो पटकका चर्को शुल्कमा महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषले १५ देखि २० दिनको लागि आफ्नो परिसरको विभिन्न स्थान भाडामा लगाइरहेको छ । पशुपति क्षेत्रमा रहेको पार्किङ क्षेत्र, पेटीमा साना व्यवसायहरुलाई चर्को शुल्क लिएर भाडा उठाइरहेको भेटिएको छ ।
महानगर प्रहरीले शिवरात्रिको अवसरमा गरेको अनुगमनमा कोषले ठेकेदारमार्फत चर्को शुल्क लिएर रकम असुलिरहेको भेटिएको हो । नगरप्रहरीले १७ दिनको लागि ६ वटा ठेलाको २ लाख ६० हजार रसिद काटेर एमबीबीकेएल इभेन्ट एण्ड बहुउद्देश्ययी कम्पनीले ठेक्का दिएको फेला पारेको थियो ।यस्तै कोषले ठेक्कामार्फत एउटा साइकलसँग १६ दिनको लागि ९ हजारसम्म रकम उठाएर पार्किङ भएको स्थानमा दिएको भेट्टाएको थियो ।
हामीसँग समन्वय छैन : महानगर
काठमाडौं महानगरपालिकाले पशुपति मन्दिर परिसरको पेटी, पार्किङ क्षेत्रमा लगाएको ठेक्कामा असहमति जनाएको छ । महानगरको ८ नम्बर वडाध्यक्ष आशमान संगतले कोषले मनपरी गरेर ठेक्का लगाएको बताए ।
‘हामीसँग समन्वय भएको छैन, वडा र महानगरसँग समन्वय नगरी जथाभावी ठेक्का लगाउन मिल्दैन,’ संगतले भने, ‘यो क्षेत्र व्यापार गर्नको लागि होइन, संसारभरीबाट आउने भक्तजनहरुको लागि हो ।’ उनले पशुपति बाहिर पेटीमा ठेला, फुटपाथमा व्यापार गरे हटाउने भन्दै भित्र पनि कोषले ठेक्का लगाउन नमिल्ने तर्क गरे ।