News Portal

यूएई जाने टोलीमा सन्दीप परेनन्, भर्खरै लेखे यस्तो भावुक स्टाटस, यो स्टाटस पढेपछी कसको मन भावुक नहोला र ?

एनपर्दा संवाददाता
५६६ पटक

काठमाडौ ।

काठमाडौं नेपालले उच्च प्रदर्शन गर्दै क्लिन स्विप नै गरेपछि पूर्वकप्तान सन्दीप लामिछानेले खुसी व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नेपालको क्रिकेटले जितेको प्रतिक्रिया दिएका छन् ।

‘मैले कति योगदान गर्न सकेँ थाहा छैन । तर मेरो देशले क्रिकेटले जितेको छ । यो साथ र मायाका लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ भन्दै सन्दीपले फेसबुकमा दर्शकलाई आफूले नमस्कार गरिरहेको तस्बिर राखेका छन् ।आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएका नामिबिया र स्कटल्यान्डविरुद्धका चारवटै खेल नेपालले जितेको थियो ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए ।अन्य समाचार / काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनः भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं. १५ बाट सुरु गरिसकेको छ ।

उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । “सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुङ्गेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनः भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुढुङ्गेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो”, प्रवक्ता मानन्धरले भन्नुभयो ।

उहाँका अनुसार ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुन:भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ ।

यूएई जाने टोलीमा सन्दीप परेनन्, सन्दीपको ठाउमा अर्का खेलाडीको पुनरागमन |पढेर प्रतिक्रिया दिनुहोस् |
स्वदेशमा भएको क्रिकेट प्रतियोगितामा नेपाली समर्थकको मन जितेका क्रिकेटर सन्दीप लामिछाने विदेश जाने नेपाली टीमबाट ‘आउट’ भएका छन् । क्यानको सूचीमा प्रतिस जिसीको नाम थपिएको छ । अदालतको आदेशका कारण सन्दीपको नाम समावेश गरिएको छैन ।

उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यूएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको नाम हटाएको छ ।

टीममा आरिफ शेखको पुनरागमन भएको छ । मिडिल अर्डर ब्याट्सम्यान आरिफ शेख स्कटल्यान्ड र नामिबियासँगको खेलमा टोलीमा थिएनन् । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा आफूहरुसँग नजोडिने प्रतिक्रिया दिएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले फागुन १५–२२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग खेल्ने कार्यतालिका छ । नेपाली टोली फागुन १३ गते यूएई जाँदैछ ।

बलात्कार आरोप लागेका स्पिनर लामिछाने विदेश जान पाउने छैनन् । मंगलवार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए ।

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए ।

बलात्कारको आरोप लागेका लामिछाने पुर्पक्षका लागि धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा क्यानले छलफल गरेको थियो। क्यानले आईसीसीसँगै कानून व्यवसायीसँग सुझाव मागेको थियो। आईसीसीले नेपालको कानून अनुसार गर्न सुझाव दिएको थियो।

अन्तिम समयमा आएर क्यानले लामिछानेलाई टोलीमा समावेश नगर्ने निर्णय गरेको हो। राष्ट्रिय टोलीका कप्तान लामिछाने बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका थिए।

नेपालले आईसीसी लिग-२ अन्तर्गत फागुन २ देखि ९ गतेसम्म नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय शृङ्खला आयोजना गर्दै छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ।

यसका लागि क्यानले कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा,

किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउँद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की र अंकित सुवेदीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।

नेपाल क्रिकेट संघ क्यानले खेलाडी सन्दीप लामिछानेलाई यूएई भ्रमणमा लैजान पहल गरिदिन नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आग्रह गरेको छ ।

सन्दीपमाथि नाबलिग जबरजस्तीकरणीको आरोप लागेको छ । उनलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो । सन्दीपलाई विदेश जान रोक लगाइएको छ भने काठमाडौं उपत्यका छाड्दा पनि जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्नेछ ।

काठमाडौं छाड्ने र फर्किने मिति र आफू रहेको स्थानको नामसमेत जनाउनुपर्ने आदेशमा उल्लेख छ । तर क्यानले विश्व क्रिकेट लिग टुअन्तर्गत यूएई भ्रमणमा जाने नेपाली टोलीसँग सन्दीपलाई लैजान पहल गरिरहेको छ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप टिमको महत्त्वपूर्ण खेलाडी भएकाले सरकारी निकाय परिषद्सँग पहल गरिदिन आग्रह गरेको जानकारी दिए ।

घरेलु मैदानमा भएको नामिबिया र स्कटल्यान्डविरुद्धको लिग टु सिरिजका चार खेलमा सन्दीपले १३ विकेट लिएका थिए । सन्दीप यूएई गए नेपाललाई ओडीआई मान्यता जोगाउन सहज हुने क्यानको भनाइ छ ।

सामान्य अवस्थामा परिषद्ले अनुमति दिने कुरा फरक भए पनि सन्दीपको विषयमा अदालतको निर्णय अन्तिम हुने घिसिङको भनाइ छ । उच्च अदालतको आदेश त्रुटिपूर्ण भन्दै महान्याधिवक्ताको कार्यालयले थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चमा निवेदन दिएको छ ।

क्यानले भने उच्च अदालतको आदेशलगत्तै सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा बोलाएको थियो । मुद्दाको टुंगो नलाग्दै सन्दीपलाई राष्ट्रिय टिममा राखेकामा क्यानको आलोचना पनि भइरहेको छ । नेपाली टिम आगामी शनिबार यूएई जाँदै छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...