
काठमाडौं ।
युएईमा ६ लाख ४५ हजार तलब सहित ठूलो संख्यामा नेपालीको माग (Click गरेर डिमाण्ड हेरौं) काठमाडौं : युएईमा वैदेशिक रोजगारिमा जान चाहने नेपालीको लागी युएईको एक प्रतिष्ठित कम्पनीबाट माग आएको छ ।
युएईको राम्रो कम्पनी ETIHAD INTERNATIONAL HOSPITALITY (EIH) L.L.C.-SOLE PROPRIETORSHIP L.L.C. मा वैदेशिक रोजगारिको लागि नेपाली श्रमिकको माग आएको छ ।
युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक ६ लाख ४५ हजार नेपाली रुपैयाँ सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता फागुन २७,२८,२९ गते रहेको छ ।
वैदेशिक रोजगार सम्बन्धि सबै डिमाण्ड हेर्न र राष्ट्रिय दैनिकमा प्रकाशित सबै देशका डिमाण्ड हेर्ने यहाँ CLICK गर्नुस् वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर
उनका अनुसार भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ हजार वर्गमिटर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ हजार वर्गमिटरको टर्मिनल भवन छ । आन्तरिक विमानस्थलतर्फ भने देशकै ठूलो टर्मिनल भवन हुनेछ । देशमा अहिले तीनवटा अन्तर्राष्ट्रियसहित ५३ वटा विमानस्थल निर्माण भएका छन् ।
टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।
टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।
हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।
आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।
पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।
दोस्रो ठूलो टर्मिनल भवन
११ मंसिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले टर्मिनल भवनको निर्माण सुरु गरिसकेको क्यानका प्रबन्धक नलविक्रम थापाले बताए । ‘पुरानो भवनलाई स्तरोन्नति गर्ने होइन, अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउने हो,’उनले भने, ‘अब कम्तीमा २०–२५ वर्षलाई यात्रुको चाप थेग्ने गरी टर्मिनल बनाउँछौँ ।’
समयमै काम सम्पन्न हुनुपर्छ सुदन किराँती, पर्यटनमन्त्री
विराटनगर विमानस्थलमा बनाइने नयाँ टर्मिनल भवन प्रदेश १ को विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुनेछ । बढ्दो हवाई यात्रुलाई सहज र स्तरीय सेवा दिन सकिने गरी टर्मिनल भवन बनाइँदै छ । यो टर्मिनल भवन निर्माणको ठेक्का पाएको कम्पनीले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नुपर्छ । समयमै गुणस्तरीय काम हुनुपर्छ । दायाँ–बायाँ भन्ने हुँदैन ।