News Portal

बालेनको बिकाश मोडल: मासिक ६० लाख भाडामा कामपाको अफिस काठमाडौं प्लाजामा, आफ्नो लागि २ करोडको बुलेट प्रुफ गाडी

एनपर्दा संवाददाता
८९७७ पटक

काठमाडौ।

काठमाडौं महानगरले टेकुस्थित वातावरण विभागसँगै ७० करोड (भ्याटबाहेक) लागतमा नयाँ भवन बनाउँदै छ। ६ तले उक्त भवन आगामी दुई वर्षभित्र निर्माण भइसक्ने स्टिमेट छ। करोडौँको आफ्नै भवन निर्माण भइरहे पनि ठूलो रकम तिर्ने गरी महानगरले भाडाको भवनमा कार्यालय सार्न लागेको छ। कमलादीस्थित नेपाल ट्रस्टको काठमाडौं प्लाजामा मासिक ६० लाख भाडा तिर्ने गरी फागुनभित्रै सर्न लागेको हो।

०७२ को भूकम्पयता महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ। कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ। केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ ।

दुई वर्षभित्रै आफ्नै नयाँ भवन बनिसक्ने भए पनि काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि सम्झौता गरेको छ। यसरी ठूलो रकम तिरेर धेरै समयसम्म भाडाको भवनमा सर्दा आर्थिक व्ययभार पर्ने महानगरकै कर्मचारीहरू बताउँछन्। कर्मचारीहरूको सल्लाहअनुसार मेयर बालेन्द्र साहले नेपाल ट्रस्टसँग दुई वर्षका लागि मात्रै सम्झौता गर्न खोजेका पनि थिए। तर, ट्रस्ट दुई वर्षका लागि मात्रै सम्झौता गर्न नमानेको महानगरको भनाइ छ ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भने महानगरको सबै विभाग, शाखा र महाशाखा एकै स्थानमा हुँदा सेवाग्राहीले राहत महसुस गर्ने बताउँछन्। महानगरले अहिले १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ। सो सेवालाई एकीकृत रूपमा प्रवाह गर्न काठमाडौं प्लाजा सर्न लागिएको हो। सहप्रवक्ता अधिकारीले भने, ‘एकै भवनबाट सबै सुविधा प्रवाह गर्न सहज हुने भएकाले सर्न लागिएको हो।’

सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ। यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ। नेपाल ट्रस्टसँग १० वर्षका लागि भवन भाडामा लिने निर्णय भइसके पनि अन्तिम सम्झौता भने फागुनमै हुनेछ। महानगरले कार्यालयका लागि अवश्यक फर्निचरलगायत सामान खरिद गर्ने योजना तय गरिसकेको छ। यसका लागि दुई करोड खर्च हुने महानगरको अनुमान छ।

सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ। यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ। भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ। नेपाल ट्रस्टसँग १० वर्षका लागि भवन भाडामा लिने निर्णय भइसके पनि अन्तिम सम्झौता भने फागुनमै हुनेछ। महानगरले अहिले १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ। सो सेवालाई एकीकृत रूपमा प्रवाह गर्न काठमाडौं प्लाजा सर्न लागिएको हो। सहप्रवक्ता अधिकारीले भने, ‘एकै भवनबाट सबै सुविधा प्रवाह गर्न सहज हुने भएकाले सर्न लागिएको हो।’

०७२ को भूकम्पले महानगरको कार्यालय रहेको बागदरबार भवनमा क्षति पुर्‍याएपछि जेडिए कम्प्लेक्समा सारिएको थियो। उक्त भवनको छैटौँ र सातौँ तलामा महानगरपालिकाका कार्यालय छन्। यसबाहेक अन्य नौ स्थानबाट महानगरले सेवा प्रवाह गर्दै आइरहेको छ । महानगरमा विभिन्न १६ वटा विभाग छन् । १६ विभाग १० ठाउँमा छरिएकाले नागरिकलाई सास्ती भएकाले एकीकृत गर्ने तयारी गरेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए।

निर्माणाधीन भवन कति बन्यो?
टेकुमा निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ०७८ मा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक वीरबहादुर खड्का, उपनिर्देशक सुमन अधिकारी र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै पाँचजना कर्मचारीलाई कारबाहीको फैसलासमेत गरिसकेको छ। फैसलापछि भवन निर्माण अघि बढाउन थालिएको महानगरका भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए।

फैसलामा भवन निर्माणको काम नरोक्नू भन्ने आदेश भएकाले काम सुरु गर्ने तयारी भएको थापाले बताए । चैत ०७७ देखि निर्माण सुरु गरिएको भवन निर्माणमा भ्याटबाहेक ७० करोड रुपैयाँ छुट्याइएको थियो। समानान्तर निर्माण कम्पनीलाई भवन निर्माणको ठेक्का दिइएको थियो। तर, भवन निर्माण गर्दा अनियमितता भएपछि अख्तियारले मुद्दा चलायो । मुद्दाको फैसला आइसकेकाले दुई वर्षमा भवन निर्माण भइसक्ने महानगरको दाबी छ।

महानगरको सेवा एकीकृत गर्न भन्दै ०७७ मा मन्त्रिपरिषद्बाट नेपाल ट्रस्टको उक्त भवन भाडामा दिने निर्णय भएको थियो। सकेसम्म कम भाडा तिर्ने गरी महानगरलाई भवन दिन मन्त्रिपरिषद्ले ट्रस्टलाई निर्देशन दिएको थियो। तर, ट्रस्टले भाडामा कडिकडाउ गरेको महानगरले जनाएको छ । काठमाडौं प्लाजा भवन एक लाख १५ हजार स्क्वायर फिटमा फैलिएको छ। स्क्वायर फिटको हिसाबमा भाडामा लिँदा महँगो परेको महानगरले जनाएको छ। त्यस्तै बालेन शाहले आफ्नो शुरक्षामा खत्रा बढेको भन्दै भ्याट कर बाहेकको २ करोडको बुलेट प्रुफ गाडी किन्दै छन्।

प्रतिकृया दिनुहोस्

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...

राजा र जनता भनेका नङ र मासुु हुन याे कसैले छुटाउन सक्दैन, राजा ज्ञानेन्द्र भगवान हुन…

काठमाडौँ । गृहमन्त्री बनेपछि नै अनुसन्धान गर्न आनाकानी गरेको प्रहरीले रवि लामिछाने विरुद्धको जाहेरीमा अभियोग...

रामकुमारी झाँक्रीलाई फेरी अर्को ठुलो पद दिइदै, यस्तो छ उनले पाउने पद…

काठमाडौँ । नेकपा एमालेबाट अलग्गिएर बन्न लागेको नेकपा एकीकृत समाजवादी पाटी गठबन्धनको सरकारमा सहभागि हुने...