News Portal

दाङ्ग पुगेका पल शाहको स्टाटसले सबैलाई बनायो भाबुक, मिनेटमै भयो भाइरल

एनपर्दा संवाददाता
१९४० पटक

नमस्कार सबैजनालाई 🙏

नमस्कार सबैजनालाई 🙏 सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।

र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु।

मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏रङ्गिन र सुखमय होस जीवन! होलीको शुभकामना सम्पुर्णमा !❤️छक्कापञ्जा ४ : जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ‘जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ ।’

नेपालको राज्य प्रणालीको निर्वस्त्र चरित्र हो यो । घरबारीको बाँझो फुटाएर किसानी गर्छु भन्नेलाई विचौलियाले चुस्छ, केही उद्यम गर्छु भनी दौडधूप गरिरहेकालाई वित्तीय संस्थाले पजल खेलाए झैं खेलाउँछ, कुनै कागजी प्रक्रिया मिलाउन भनी अड्डा धाउनेलाई सरकारी कर्मचारीले प्रक्रियामै अल्झाइरहन्छ, केही नलागेर श्रम बेच्न विदेश जान्छु भन्नेलाई दलालले फनफनी घुमाइरहन्छ ।

उपाय नास्ती भएपछि के हुन्छ ? क्रोधको जन्म हुन्छ । र क्रोधको सबैभन्दा तोडिलो भाषा हो, थप्पड । भलै ‘थप्पड’ विधिसम्मत जवाफ होइन । तर विधि नै बिग्रिएपछि त्यहाँ अरु प्रक्रियाहरु लाचार बन्छन् । अनि थप्पडको ध्वनि चर्को हुन्छ ।‘थप्पडदेखि थपडीसम्म’को मनोसामाजिक उद्वेग र औचित्य खोजीमा फन्को लगाउँछ, प्रदर्शनरत चलचित्र ‘छक्कापञ्जा ४’ ।

दीपकराज गिरी र दीपाश्री निरौलाकृत ‘छक्कापञ्जा’को अघिल्लो शृंखला झैं यसमा पनि हास्य-विनोदको कथानक विस्तार गरिएको छ । सन्देह रहेन, चलचित्रको मूल धरातल राजनीति र राज्य संयन्त्र नै हो । तर त्यसको आयाम भने पारिवारिक बिकार, बदला र विचलनमा तन्किएको छ ।

अब लागौं यसको कथातर्फ ।
चलचित्रको कथानक परिदृश्य पञ्चायतकालीन ग्रामीण समाजबाट हुन्छ, जहाँ निर्भय सिंहको राजनीतिक रवाफ छ । त्यसैको बलमा उनले आफूलाई समाजको केन्द्रमा राखेका छन् नै, व्यक्तिगत लाभका लागि छक्कापञ्जा पनि चालु राखेका छन् । जस्तो, गोबरगणेश छोरोलाई एसएलसीमा कीर्ते परीक्षाबाट सर्वोत्कृष्ट बनाउनु ।

यस्तै पारिवारिक पृष्टभूमिमा हुर्किएका छोरो दिग्विजय सिंह स्वभावतः गुण्डागर्दीमा लीन छन् । उनको यो अराजक शैली आफ्नै पिताको राजनीतिक विरासतका लागि भने खतराको घण्टी बनेको छ ।

अन्ततः यस्तै कलह र अशान्तिबीच पिता निर्भय सिंह अचानक दुर्घटनामा परेर हल न चलका हुन पुग्छन् । यो घटना त्यहीबेला हुनपुग्छ, जब उनी एकीकृत निष्पक्ष दलबाट निर्वाचन लड्नै लागेका छन् । आफू थलिएपछि उनले उही उरन्ठेउलो छोरोलाई उम्मेदवार बनाउँछन् र निर्वाचनको मोर्चामा पठाउँछन् ।

जबकि छोरो दिग्विजय सिंह नेतागिरी र गुण्डागर्दीबीचको भेद छुट्याउन समर्थ छैनन् । त्यसैले उनी आफ्ना मतदातासमक्ष पनि त्यसरी नै प्रस्तुत हुन्छन्, जसरी विगतमा धाक-धम्कीको शैली अपनाउँथे ।

त्यही शैलीले गर्दा निर्वाचनमा आफ्नो स्थिति एकदमै फितलो हुने टुंगोमा पुगेपछि बल्ल उनी निहुरिन थाल्छन् । धम्कीको भाषा छाडेर लोभ–प्रलोभनको कथा भाक्न थाल्छन् । यही फर्मुलाले उनको जित हुन्छ ।

उनलाई त लागेको थियो, शक्तिमा पुगेपछि चाहेको र सोचेको कामहरु धमाधम फत्ते गर्न सकिन्छ । तर कर्मचारीतन्त्र उनले सोचेजस्तो कहाँ सजिलो छ र ? कर्मचारीतन्त्रमा विद्यमान ‘फाइल घुमाउने’ चक्करले उनको मगज नै घुमाउन थालेपछि पो उनको मगज भन्दा बढी हात चल्न थाल्छ ।

हो त्यही थप्पड, जसले उनको राजनीतिक भविष्यलाई दुई कित्तामा विभाजित गर्छ । एउटा, पतन । अर्को, उदय । उदण्ड भएको भनी विरोधी एवं विपक्षीहरुले त्यही ‘थप्पड’को निहुँमा उनलाई निहुरमुन्टे लगाउन चेष्टा गरिरहेका छन्, अर्कोतर्फ त्यही ‘थप्पड’को तोडमा जनसाधारणले उन्मुक्तिको सास फेर्दै उनलाई उचाल्न लागिपरेका छन् ।

मान्छेको मनोविज्ञान के हुन्छ भने जब कसैले आफूमाथि आशा र विश्वास गर्न थाल्छन् तब उनीहरुप्रति प्रेम र जिम्मेवारीबोध पैदा हुन्छ । सर्वसाधारणले यसरी ‘हिरो’को रुपमा पेस गर्न थालेपछि दिग्विजय सिंहको ब्रम्हज्ञानले भन्छ, ‘अब तँ वास्तवमै सुध्रिनुपर्छ । अब तैंले उनीहरुको पीरमर्काको लागि लड्नुपर्छ, जसले तँमाथि भरोसा गरेको छ ।’

भनिन्छ नि, मान्छे अरुसँग लड्न सक्छ । तर आफैंलाई जित्न कठिन हुन्छ । माननीय दिग्विजयी सिंहको हकमा ठ्याक्कै यस्तै भएको छ । उनको ‘थप्पड’लाई ग्ल्यामराइज्ड गर्ने सूत्रधार बनेकी युट्युबर एलिशासँगको रहस्यमयी सम्बन्धसँगै जीवनचक्र यसरी गुजुल्टो पर्छ, अब त्यहाँबाट फुत्कने कसरी ? उम्कने कसरी ?

जहाँ सत्यको विघटन हुन्छ, त्यहीबाट छक्कापञ्जाको खेल सुरु हुन्छ ।२ घण्टा ३२ मिनेट लामो यो चलचित्रले चलचित्र हाँसो–रोमान्ससँगै वर्तमान राज्य प्रणालीको दुरुस्त तस्वीर देखाइदिन्छ । पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म नफेरिएको राज्य संयन्त्रलाई केन्द्रमा राखेर चलचित्र पारिवारिक जीवनभित्र घुस्छ र जात्रा देखाइदिन्छ ।

सिनेमा-साहित्यका सन्दर्भमा एउटा शास्त्रीय भनाइ छ, यो समाजको ऐना हो । छक्कापञ्जाको यो शृंखला हेरिरहँदा हामीलाई आफ्नै समाजको आलो-तातो उतारचढाव नियाल्दैछु भन्ने लाग्छ । चलचित्रले मूलत: यी कुरालाई आफ्नो अवयव बनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...