News Portal

रामकुमारी झाँक्रीलाई फेरी अर्को ठुलो पद दिइदै, यस्तो छ उनले पाउने पद…

एनपर्दा संवाददाता
१९३८१ पटक

काठमाडौँ ।

नेकपा एमालेबाट अलग्गिएर बन्न लागेको नेकपा एकीकृत समाजवादी पाटी गठबन्धनको सरकारमा सहभागि हुने अन्तिम तयारीमा जुटेको छ । माधव कुमार नेपाल नेतृत्वको उक्त पार्टीले सरकारका नियुक्तीहरुकमा भागबण्डा पनि पाइरहेको खबर आइरहेका छन् ।

यसैबीच माधव नेपालको पार्टीबाट कम्तीमा ५ जना मन्त्री र एकजना राज्यमन्त्री बन्ने लगभग सहमति भएको खबर प्राप्त भएको छ । यस्तै, लामो समयदेखि रिक्त उपसभामुख पद पनि माधवकै पोल्टामा पर्ने सम्भावना रहेको छ । एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिएपछि रिक्त रहेको उक्त पदमा दलहरुले अहिले सहमति जुटाउन सकेका छैनन् ।

अहिले उपसभामुख पद एमाले विभाजन गरेको माधव नेपाल पक्षलाई दिने तयारी भएको छ । गठबन्धन स्रोतका अनुसार, उपसभामुख नेपाल पक्षलाई दिने र त्यसमा पनि रामकुमारी झाँक्रीलाई बनाउनुपर्ने मत रहेको छ ।

झाँक्री स्वयम्ले भने हुने भए मन्त्री हुने नत्र पार्टीको काममा लाग्ने भन्दै आएकी छिन् । निकटस्थहरुसँग उनले मन्त्री भएर केही काम देखाउन पाए हुने भन्ने गरेकी छिन् । तर, उपसभामुखमा झाँक्रीलाई लैजाने गठबन्धनको चाहनाको रणनीति भने रोचक छ ।

खासमा झाँक्री एमाले अध्यक्ष केपी ओलीको चर्को विरोधी हुन् । एमालेमा हुँदादेखि नहुँदासम्म एकअर्काका प्रति खुबै प्रतिशोधी भावनामा रहेका दुवै जनालाई एउटै मञ्चमा राख्ने मनसाय गठबन्धनको देखिन्छ । गठबन्धनका एक नेताको भनाइमा संवैधानिक परिषद्को बैठकमा ओली र झाँक्रीलाई आमनेसामने बनाउने उनीहरुको तयारी हो ।

विपक्षी दलको नेताको हैसियतमा संवैधानिक परिषद्को बैठकमा ओली सहभागी हुँदा झाँक्री चाहिं उपसभामुखको हैसियतमा उपस्थित हुनेछिन् । त्यसैले पनि झाँक्रीलाई उपसभामुख बनाउने गठबन्धनका नेताहरुको तयारी हो । तर, झाँक्री उपसभामुखभन्दा शिक्षामन्त्री बन्ने चाहनामा रहेको सूचना प्राप्त गरेको छ ।

टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।

हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।

पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...