
काठमाडौं ।
गायिका समिक्षा अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयसम्म उनी गायनबाट पनि टाढिएकी छिन्, सामाजिक सञ्जालमा पनि निस्क्रिय थिइन्।
दुई महिना सम्म सामाजिक सञ्जालमा निस्क्रिय रहेकी समीक्षाले बिहीबार एक स्टेटस राख्दै पुन आगमन गरेकी छिन्। उनले सामाजिक सञ्जालमा प्रेमिल र भावुक स्टेटस राखेकी छन्।
एक घटनामा पी डित भनिएकी गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् ।बिहीबार सामाजिक संजाल फेशबुक स्टाटस लेख्दे उनले कवितात्मक शैलीमा भावुक स्टाटस लेखेकी हुन् ।
उनी लेख्छिन्–तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सँधै म हार्न सक्छु ।समीक्षाको यो स्टेटससँगै दुई महिना भन्दा लामो उनको मौनता तोडिएको छ।
पछिल्लो समयमा उनी आफ्नो व्यक्तिगत जीवनका विभिन्न कुराहरुलाई लिएर चर्चामा छिन्। गायिका अधिकारीले यसअघि आफ्नो एक गीत ‘ढाकाटोपी शिरैमा रिवन’ बोलको गीत सेयर गरेकी थिइन्। त्यसयता उनी सामाजिक सञ्जालबाट पनि टाढा थिइन्।
काठमाडौं महानगरले टेकुस्थित वातावरण विभागसँगै ७० करोड (भ्याटबाहेक) लागतमा नयाँ भवन बनाउँदै छ। ६ तले उक्त भवन आगामी दुई वर्षभित्र निर्माण भइसक्ने स्टिमेट छ। करोडौँको आफ्नै भवन निर्माण भइरहे पनि ठूलो रकम तिर्ने गरी महानगरले भाडाको भवनमा कार्यालय सार्न लागेको छ। कमलादीस्थित नेपाल ट्रस्टको काठमाडौं प्लाजामा मासिक ६० लाख भाडा तिर्ने गरी फागुनभित्रै सर्न लागेको हो।
०७२ को भूकम्पयता महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ। कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ। केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ ।
दुई वर्षभित्रै आफ्नै नयाँ भवन बनिसक्ने भए पनि काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि सम्झौता गरेको छ। यसरी ठूलो रकम तिरेर धेरै समयसम्म भाडाको भवनमा सर्दा आर्थिक व्ययभार पर्ने महानगरकै कर्मचारीहरू बताउँछन्। कर्मचारीहरूको सल्लाहअनुसार मेयर बालेन्द्र साहले नेपाल ट्रस्टसँग दुई वर्षका लागि मात्रै सम्झौता गर्न खोजेका पनि थिए। तर, ट्रस्ट दुई वर्षका लागि मात्रै सम्झौता गर्न नमानेको महानगरको भनाइ छ ।
महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भने महानगरको सबै विभाग, शाखा र महाशाखा एकै स्थानमा हुँदा सेवाग्राहीले राहत महसुस गर्ने बताउँछन्। महानगरले अहिले १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ। सो सेवालाई एकीकृत रूपमा प्रवाह गर्न काठमाडौं प्लाजा सर्न लागिएको हो। सहप्रवक्ता अधिकारीले भने, ‘एकै भवनबाट सबै सुविधा प्रवाह गर्न सहज हुने भएकाले सर्न लागिएको हो।’
सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ। यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ। नेपाल ट्रस्टसँग १० वर्षका लागि भवन भाडामा लिने निर्णय भइसके पनि अन्तिम सम्झौता भने फागुनमै हुनेछ। महानगरले कार्यालयका लागि अवश्यक फर्निचरलगायत सामान खरिद गर्ने योजना तय गरिसकेको छ। यसका लागि दुई करोड खर्च हुने महानगरको अनुमान छ।
सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ। यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ। भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ। नेपाल ट्रस्टसँग १० वर्षका लागि भवन भाडामा लिने निर्णय भइसके पनि अन्तिम सम्झौता भने फागुनमै हुनेछ। महानगरले अहिले १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ। सो सेवालाई एकीकृत रूपमा प्रवाह गर्न काठमाडौं प्लाजा सर्न लागिएको हो। सहप्रवक्ता अधिकारीले भने, ‘एकै भवनबाट सबै सुविधा प्रवाह गर्न सहज हुने भएकाले सर्न लागिएको हो।’
०७२ को भूकम्पले महानगरको कार्यालय रहेको बागदरबार भवनमा क्षति पुर्याएपछि जेडिए कम्प्लेक्समा सारिएको थियो। उक्त भवनको छैटौँ र सातौँ तलामा महानगरपालिकाका कार्यालय छन्। यसबाहेक अन्य नौ स्थानबाट महानगरले सेवा प्रवाह गर्दै आइरहेको छ । महानगरमा विभिन्न १६ वटा विभाग छन् । १६ विभाग १० ठाउँमा छरिएकाले नागरिकलाई सास्ती भएकाले एकीकृत गर्ने तयारी गरेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए।