News Portal

एक बर्षपछि पल शाहको पहिलो कार्यक्रम, लाखौ दर्शक उत्रीय मैदानमा भने ‘पल दाई हाईहाई’ (भिडियो सहित)

एनपर्दा संवाददाता
४५७ पटक

काठमाडौं, ।

अभिनेता पल शाह एक वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै छुटेका पल रुकुममा भएको सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

उनी हेलिकप्टरमार्फत बुधबार रुकुममा जारी रुकुम महोत्सवमा सहभागी भएका हुन्। उनलाई हेर्नकै लागि करिब ४० हजार बढी दर्शकहरु उपस्थित भएका थिए । उनी बोल्दा सिट्टी र तालीको वर्षात भएको थियो भने ‘पल दाई हाई-हाई’, ‘पल शाह आई लभ यू’ जस्ता नारा पटक-पटक लागेको थियो ।

उनले आफू एक वर्ष जेलभित्र बस्दा लाखौं आमा-बुबा, दिदी-बहिनी, दाजु-भाई तथा साथीहरु कमाएको भन्दै खुसी व्यक्त गरे । उनले म्यूजिक भिडियोबाट आफू दर्शकमाझ आउन लागेको पनि जानकारी गराए । एक वर्षअघि आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमा आफूले काम गर्न लागेको पलले बताए ।

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल हेलिकप्टरमा गएको तस्बिर सार्वजनिक गरेका थिए । तेस लगतै उनलाई हेर्न रूकुममा हजारौ दर्सक जम्मा भएका थिए । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखे संगै उनि रुकुम पुगेपछि दर्शकको धेरै माया पाए ।

दर्शकको भीडबाट फिल्ममा पनि आउनुपर्छ भन्ने ठूलो आवाज सुनेपछि उनले आफू फिल्ममा पनि चाँडै आउने बताए । जेल जीवन मुक्त भएपछिको यो कार्यक्रम पलको पहिलो कार्यक्रम हो। उनी विस्तारै आफ्नै दैनिकीमा फर्किन लागेका छन्। पलले उक्त कार्यक्रममा म्युजिक भिडियो र फ्लिमको यात्रालाई अघि बढाउने प्रस्ट परेका हुन् । भिडियो हेर्न यहाँ जानुहोस ।

रास्वपाले कम्तीमा ३ मन्त्री दाबी गरेको छ । उपसभामुख भने आफूले पाउने टुंगो लागिसकेको रास्वपाका नेताहरूको दाबी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परेमा काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाल दाबेदार रहने बताइएको छ । उनी ‘टिच फर नेपाल’ संस्थापक हुन् । उनले शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उक्त मन्त्रालयमा दाबेदारका रूपमा हेरिएको स्रोतको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भएमा ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहनेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई पठाउने बताइएको छ । उपसभामुखमा पनि उनीसहित समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको रास्वपाका सांसदहरूले जानकारी दिएका छन् ।

समानुपातिक सांसद मनीष झाको विगतको अनुभवका आधारमा युवा तथा खेलकुद मन्त्रालयमा दाबी छ । पूर्वखेलाडीसमेत रहेका उनी ‘फ्याक्ट्स नेपाल’ का संस्थापक हुन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पार्टीको भागमा आउँदा संस्कृतिको क्षेत्रमा काम गरेका काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र पर्यटन व्यवसायमा संलग्न समानुपातिक सांसद डोलप्रसाद अर्यालको विज्ञता पुग्ने बताइएको छ ।

रास्वपा सत्तारूढ गठबन्धनमा तेस्रो ठूलो शक्ति भएकाले सोहीअनुसारको भाग पाउनुपर्ने नेताहरूले बताएका छन् । एक सांसदका अनुसार पार्टीको भागमा परेका मन्त्रालय र विगतमा हासिल गरेको विज्ञता हेरेर जिम्मेवारी लिने र त्यसमा असन्तुष्टि जाहेर नगर्ने सहमति भएको छ ।

संसदीय समिति सभापति र उपसभामुखमा पनि त्यसरी नै टुंगो लगाउने सहमति भएको रास्वपाका नेताहरूको भनाइ छ । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...