News Portal

जनतासामु खुशी बाढ्दै रबि र बालेन संगै मिलेर अगाडि बड्ने बाचा {सहमत हुनेले सियर गरौँ}

एनपर्दा संवाददाता
४२४ पटक

काठमाडौं।

काठमाडौंका घरबेटीका लागि महानगरले ल्यायो नयाँ नियम महानगरले ल्याएको घर बहाल निर्देशिकामा के छ?घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर

त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।यसै सन्दर्भमा

हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेसँग कुरा गरेका छौं। ‘घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको डेरावालासँगको सम्झौता हो,’ काफ्लेले भने, ‘अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ। भाडामा दिने र लिने दुवै पक्षले

सम्झौतापत्रको एक-एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।’ पछि घर खाली हुँदा पनि घरबेटीले यसरी नै सम्बन्धित वडा कार्यालयमा गएर सूचना दिनुपर्ने उनले बताए। यस्तो सूचना घर खाली भएको सात दिनभित्र दिनुपर्नेछ। उनका अनुसार सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र

मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ। यति मात्र होइन, घर बहालमा लिनुको प्रयोजन पनि सम्झौतामा खुलाइएको हुनुपर्ने काफ्लेले जानकारी दिए।‘यही सम्झौताका आधारमा महानगरको

कुन घर भाडामा लगाइएको छ, कुन प्रयोजनका लागि भाडामा लगाइएको छ, भाडामा बस्नेहरू को हुन् भन्ने विस्तृत विवरण स्थानीय सरकारसँग हुनेछ,’ उनले भने। सबभन्दा ठूलो कुरा त, कति रूपैयाँमा भाडा लगाएको भन्ने विवरणसमेत खुलाउनुपर्ने हुँदा घरधनीले घर बहाल कर नियमित तिरेको छ कि छैन भनी यकिन हुनेछ। यसबाट महानगरको घर बहाल करको दायरा फराकिलो

हुने उनले बताए। ‘तत्कालका लागि घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु यो निर्देशिकाको मुख्य उद्देश्य हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा काठमाडौं महानगरमा धेरै मानिस विभिन्न प्रयोजनका लागि भाडामा बस्ने गर्छन्। तैपनि घर बहाल कर तिर्नेको संख्या निकै कम छ। हामी यो दायरा विस्तार गर्न चाहन्छौं।’ उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा घर बहाल कर

तिर्नेको संख्या जम्मा ३ हजार ९ सय थियो। आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर ९ हजार पुगेको छ।‘के काठमाडौंमा बहालमा बस्ने संख्या यति मात्र होइन होला त?’ काफ्लेले प्रश्न गरे, ‘यसबाट कति ठूलो परिमाणको कर चुहावट भइरहेको छ भन्ने छर्लंग हुन्छ।’ कतिपय व्यक्तिलाई घर बहालमा दिँदा वकिलकहीँ गएर सम्झौता गराउनुपर्ने हो कि भन्ने

जिज्ञासा छ। यसबारे राजस्व विभाग प्रमुख काफ्लेले भने, ‘वकिलकहाँ गएर सम्झौता गराउनुपर्दैन। सिधै आफ्नो वडा कार्यालयमा गएर फारम भर्दा पनि हुन्छ।’ त्यस्तै, घर बहालसम्बन्धी विवरण महानगरपालिकामै गएर बुझाउने हो कि भन्ने पनि धेरैलाई लागेको छ। तर यसको निम्ति महानगर जानुपर्दैन। यी सबै काम वडा तहमै हुने काफ्ले बताउँछन्।घर खाली भएको जानकारी

गराएपछि अर्को डेरावाला नआएसम्मको कर तिर्नु नपर्ने पनि उनले बताए। जानकारी नगराएको खण्डमा भने महानगरलाई नियमित कर तिरिरहनुपर्छ। कसैले बिनाजानकारी कर तिरेन भने पछि जरिवानासमेत लाग्नेछ। ‘धेरैजसो घरधनीले आम्दानीको स्रोत खुलाउनुपर्दा घरभाडा भनेर लेख्नुहुन्छ,’ काफ्लेले भने,

‘त्यस्तो बेला उहाँहरू केही समयअगाडि देखिको बहाल कर तिरेर कागजपत्र बनाउनुहुन्छ। आफ्नो काम भएपछि फेरि करको दायरामा आउनुहुन्न। ती सबैलाई नियमित करको दायरामा ल्याउन हामीले यो निर्देशिका जारी गरेका हौं।’यो वर्ष कम्तिमा तीन लाख जनालाई करको दायरामा ल्याउने महानगरको उद्देश्य रहेको उनले बताए।

त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।यसै सन्दर्भमा

हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेसँग कुरा गरेका छौं। ‘घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको डेरावालासँगको सम्झौता हो,’ काफ्लेले भने, ‘अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ। भाडामा दिने र लिने दुवै पक्षले

सम्झौतापत्रको एक-एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।’ पछि घर खाली हुँदा पनि घरबेटीले यसरी नै सम्बन्धित वडा कार्यालयमा गएर सूचना दिनुपर्ने उनले बताए। यस्तो सूचना घर खाली भएको सात दिनभित्र दिनुपर्नेछ। उनका अनुसार सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र

मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ। यति मात्र होइन, घर बहालमा लिनुको प्रयोजन पनि सम्झौतामा खुलाइएको हुनुपर्ने काफ्लेले जानकारी दिए।‘यही सम्झौताका आधारमा महानगरको

कुन घर भाडामा लगाइएको छ, कुन प्रयोजनका लागि भाडामा लगाइएको छ, भाडामा बस्नेहरू को हुन् भन्ने विस्तृत विवरण स्थानीय सरकारसँग हुनेछ,’ उनले भने। सबभन्दा ठूलो कुरा त, कति रूपैयाँमा भाडा लगाएको भन्ने विवरणसमेत खुलाउनुपर्ने हुँदा घरधनीले घर बहाल कर नियमित तिरेको छ कि छैन भनी यकिन हुनेछ। यसबाट महानगरको घर बहाल करको दायरा फराकिलो

हुने उनले बताए। ‘तत्कालका लागि घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु यो निर्देशिकाको मुख्य उद्देश्य हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा काठमाडौं महानगरमा धेरै मानिस विभिन्न प्रयोजनका लागि भाडामा बस्ने गर्छन्। तैपनि घर बहाल कर तिर्नेको संख्या निकै कम छ। हामी यो दायरा विस्तार गर्न चाहन्छौं।’ उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा घर बहाल कर

तिर्नेको संख्या जम्मा ३ हजार ९ सय थियो। आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर ९ हजार पुगेको छ।‘के काठमाडौंमा बहालमा बस्ने संख्या यति मात्र होइन होला त?’ काफ्लेले प्रश्न गरे, ‘यसबाट कति ठूलो परिमाणको कर चुहावट भइरहेको छ भन्ने छर्लंग हुन्छ।’ कतिपय व्यक्तिलाई घर बहालमा दिँदा वकिलकहीँ गएर सम्झौता गराउनुपर्ने हो कि भन्ने

जिज्ञासा छ। यसबारे राजस्व विभाग प्रमुख काफ्लेले भने, ‘वकिलकहाँ गएर सम्झौता गराउनुपर्दैन। सिधै आफ्नो वडा कार्यालयमा गएर फारम भर्दा पनि हुन्छ।’ त्यस्तै, घर बहालसम्बन्धी विवरण महानगरपालिकामै गएर बुझाउने हो कि भन्ने पनि धेरैलाई लागेको छ। तर यसको निम्ति महानगर जानुपर्दैन। यी सबै काम वडा तहमै हुने काफ्ले बताउँछन्।घर खाली भएको जानकारी

गराएपछि अर्को डेरावाला नआएसम्मको कर तिर्नु नपर्ने पनि उनले बताए। जानकारी नगराएको खण्डमा भने महानगरलाई नियमित कर तिरिरहनुपर्छ। कसैले बिनाजानकारी कर तिरेन भने पछि जरिवानासमेत लाग्नेछ। ‘धेरैजसो घरधनीले आम्दानीको स्रोत खुलाउनुपर्दा घरभाडा भनेर लेख्नुहुन्छ,’ काफ्लेले भने,

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...