News Portal

सन्दिप लामिछाने समर्थकलाई खुशीको खबर, अरु कसैले नदिएको सम्मान प्रचण्डले दिएपछी यस्तो भयो…

एनपर्दा संवाददाता
७१५ पटक

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसियाली साझा गर्नु अनौठो थिएन । उनले ट्वीट गरेर घरेलु टोलीलाई बधाइ पनि दिइसकेका थिए ।आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई प्रचण्ड युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए ।

उनले प्रशिक्षक, खेलाडी र टिम व्यवस्थापकसँग पालैपालो हात मिलाउन थाले । खेलाडीको लहरमा थिए पूर्वकप्तान सन्दीप लामिछाने । धरौटीमा जेलबाट छुटेका उनीमाथि नाबालिका बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालतबाट निश्चित बन्देजहरुसहित २० लाख रुपैयाँ धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ् नेपाल (क्यान) ले टिममा समावेश गरेपछि चौतर्फी आलोचना खेपेको थियो ।

बलात्कारजस्तो जघन्य अभियोग खेपिरहेका क्रिकेटर सन्दीपलाई मुद्दा फैसलापूर्व नै सामाजिकीकरण गर्दा त्यसले पीडितको मानसिक स्वास्थ्यमा पर्ने असरबारे क्यान त सचेत भएन नै । प्रधानमन्त्री जस्तो मुलुकको प्रमुख कार्यकारी समेत संवेदनशील नदेखिएको भन्दै आम आलोचना भइरहेको छ ।

यसबार अनलाइनखबरले प्रधानमन्त्रीको सचिवालयमा सोध्दा समूहलाई नै बधाई तथा बिदाइ गर्ने क्रममा सोही टोलीको एक सदस्य पर्न गएको जवाफ आयो ।‘हाम्रो उद्देश्य कुनै गल्ती कामलाई अनुमोदन होइन, नेपाली टोलीलाई बिदाइ गर्ने हो, त्यसमा उहाँ (सन्दीप) पनि पर्नुभएछ,’ सचिवालयका एक सदस्यले भने । उनले यसलाई प्रधानमन्त्रीको त्रुटिका रुपमा सकारेनन् । आउँदा दिनमा सचेत हुने मोटो जवाफमा चित्त बुझाउन खोजे ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको तस्वीर चर्चामा आएको छ । धेरैले यसमा प्रचण्डको असंवेदनशीलता र गल्ती देखिएको भन्दै आलोचना गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा खेलपछि स्कटल्यान्डको टोलीले नेपाली टोलीसँग हात मिलाउने क्रममा सन्दीपसँग हात मिलाएको थिएन । ९ फागुनमा नेपालसँगको खेलपछि स्कटिस टोलीका प्रशिक्षक सेन बर्गरले आफूहरुले हिंसालाई प्रोत्साहन नगर्ने भन्दै सन्दीपसँग हात नमिलाएको बताएका थिए ।

यसैगरी सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् ।‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो ।

यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’ खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।

मंसिर २४ गते सरकारले पारित गरेको पुरस्कार कार्यविधि अनुसार डिभिजन टू क्रिकेट जितेका खेलाडीले जनही २ लाख रुपैयाँ पाउँछन् । त्रिदेशीय शृंखलाकाे विजेता टिमका खेलाडीलाई जनही २ लाख, प्रमुख प्रशिक्षकलाई १ लाख ५० हजार, टिम म्यानेजर, सहायक प्रशिक्षक र फिजियाेलाई १ लाख र नेपाल क्रिकेट संघ क्यानले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली १३ फागुनमा त्यसतफ जाँदैछ । नेपालले पहिलो खेल १५ फागुनमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिएका छन् । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु,’ प्रचण्डले भने, ‘चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ ।’

प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको बताए । अहिले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै प्रचण्डले सरकारले खेलकुदलाई उच्च महत्व दिने बताए ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...