News Portal

बल्ल प्रधानमन्त्री प्रचण्डले जिते ३ करोड नेपालीको मन, गरे आजसम्म कसैले पनि गर्न नसकेका यी चमत्कार !

एनपर्दा संवाददाता
१९२ पटक

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।

गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा) लिने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो ।त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

देशको आर्थिक अवस्था सहज छैन तर आत्तिनुपर्दैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सहज नरहे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा उनले हाल मुलुकसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे ।

‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो’ प्रधानमन्त्री दाहालले भने ‘तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ ।’ यसले पनि अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रस्ट पार्ने उनको भनाइ छ ।

अब आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान गएको उनले बताए । ‘अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ’ दाहालले भने ‘सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ ।’

ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको दाहालले बताए । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनले बताए ।

हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहन्छ । तैपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ’ उनले भने । कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको दाहालको भनाइ छ ।

पाँच महिनामा सुधारको अनुभूति नभए गठबन्धनको अर्थ रहँदैन : गगन थापा
‘प्रधानमन्त्रीले मेरो खुत्रुकेको अवस्था के छ भनेर बुझेको हुनुपर्छ’‘अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ ’काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४/५ महिनाको समयमात्रै दिने बताए ।

‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए ।

‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’ उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन्, त्यहाँ खर्चमात्रै भइरहेको छ, काम भइरहेको छैन । को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ ? कसरी चलिरहेको छ ? भनेर थाहा पाउनुपर्छ । अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ ।’

उनले प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने बताए । उनले सरकारको न्यूनतम साझा कार्यक्रमको अभ्यास राम्रो भएपनि त्यो यथार्थमा आधारित हुनुपर्ने बताए । ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ ।’

उनले सरकारले आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने बताए । ‘निर्वाचनबाट आएको सरकारलाई बाँध्नकालागि संवैधानिक उदारवादको सिद्धान्तबाट सरकारले आफूलाई निरन्तररुपमा बाँधिरहनुपर्छ । यसकालागि सरकारले तीन कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पहिलो हो विधिको शासन, दोस्रो संविधानमा गरिएका बाचा र अर्को भनेको शक्ति सन्तुलनको सिद्धान्त हो ।’उनले सरकारले आफ्नो सीमा कति हो ? के कुरामा कति खर्च गर्ने ? कुन गतिमा काम गर्ने ? भनेर थाहा पाउनुपर्ने बताए ।

विवेकशील साझामा १४ केन्द्रीय सदस्य मनोनित
काठमाडौँ — विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसमितिमा १४ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । अध्यक्ष समीक्षा बाँस्कोटाले शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २२ (१) बमोजिम १४ जना केन्द्रीय सदस्य मनोनित गरेकी हुन् ।

बाँस्कोटाले वाग्मती प्रदेशबाट सुरज प्रधान र काठमाडौंबाट सुरेन्द्र रानाभाटलाई केन्द्रीय सदस्य मनोनित गरेकी छिन् । त्यस्तै, पार्टीमा निरन्तर कृयाशीलता, समावेशिता, भुगोल र प्रतिवद्धता जस्ता मापदण्डको जगमा केन्द्रीय सदस्यहरु मनोनयन गरिएको अध्यक्ष बाँस्कोटाले जानकारी दिएकी छन् ।

उनका अनुसार गोरखाबाट नवराज थापा, बाराका रुस्तम अन्सारी, कर्णालीबाट सूर्यदीप रेग्मी, काठमाडौंका चक्र न्यौपाने, धनेज थापा र निरन्जन चापागाईँ, महिलातर्फ निर्जला कक्षपति, सुदूरपश्चिमबाट हरिश भट्ट, गण्डकीबाट सरोज गौतम, ललितपुरका मिलन परियार, गण्डकीबाट शिशिर बन्जारा र महिलातर्फ चन्द्रा श्रेष्ठ केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

विधानअनुसार विवेकशीलको केन्द्रीय समिति ६५ सदस्यीय छ । हाल महाधिवेशनबाट निर्वाचित र मनोनितसहित केन्द्रीय समिति ३९ सदस्यीय बनेको छ । बैठकले पार्टीको आगामी रणनीतिका विषयमा बृहत्तर छलफलमार्फत वार्षिक क्यालेण्डर निर्माण गरी पार्टी गतिविधि, आन्दोलन, अभियान तय गर्ने, प्रदेशको अधिवेशनहरु प्राथमिकतामा राखेर सम्पन्न गर्ने र महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...