News Portal

गृहमा माओवादी, अर्थमा कांग्रेस, यी दुइ नेताले मच्चाउँदै छन् तहल्का

एनपर्दा संवाददाता
२०४ पटक

काठमाडौं, ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालार्ई दिने भएका छन् । संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएका छन् । कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रीपरिषद विस्तार हुने छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार (६,चैत)मा विश्वासको मत लिँदै छन् । त्यसअघि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका बीचमा सरकार विस्तारबारे छलफल भएको छ । सो छलफलमा गृह र अर्थ मन्त्रालय एउटै पार्टीलाई नदिने सहमती भएको स्रोतको दावी छ ।

गृह र अर्थमा कांग्रेसको दाबी भए पनि सत्तारूढ दलका शीर्ष नेताबीच दुवै मन्त्रालय एउटै पार्टीलाई नदिने र गृह माओवादी र अर्थ कांग्रेसले लिने सहमती भएको छ ।

एकीकृत समाजवादीले अर्थ, गृह, भौतिक पुर्वाधार मध्येबाट एक सहित तीन मन्त्रालय पाउँनुपर्ने दाबी पेस गरेको छ । प्रधानमन्त्री प्रचण्डले सत्तारूढ अन्य साना दलसँग मन्त्रालयको भागबन्डाबार छलफल गर्न बाँकी छ । प्रचण्ड, देउवा र नेपालका बीच आन्तरिक सहमती जुटेपछि अन्य साना दलहरुसंग बसेर अन्तिम टुंगो लगाउँने तयारी भएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारवाट बाहिरिएपछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भएपछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन् ।

तीनवटा पार्टी सरकारवाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।

यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन । सरकार विस्तार हुँदा केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ १० दलीय गठबन्धनको बैठकले विश्वासको मत दिने सहमति भएको छ । गोरखापत्र दैनिकबाट

समयमै काम सम्पन्न हुनुपर्छ सुदन किराँती, पर्यटनमन्त्री
विराटनगर विमानस्थलमा बनाइने नयाँ टर्मिनल भवन प्रदेश १ को विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुनेछ । बढ्दो हवाई यात्रुलाई सहज र स्तरीय सेवा दिन सकिने गरी टर्मिनल भवन बनाइँदै छ । यो टर्मिनल भवन निर्माणको ठेक्का पाएको कम्पनीले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नुपर्छ । समयमै गुणस्तरीय काम हुनुपर्छ । दायाँ–बायाँ भन्ने हुँदैन ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो।

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।

टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।

हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।

पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।

दोस्रो ठूलो टर्मिनल भवन
११ मंसिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले टर्मिनल भवनको निर्माण सुरु गरिसकेको क्यानका प्रबन्धक नलविक्रम थापाले बताए । ‘पुरानो भवनलाई स्तरोन्नति गर्ने होइन, अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउने हो,’उनले भने, ‘अब कम्तीमा २०–२५ वर्षलाई यात्रुको चाप थेग्ने गरी टर्मिनल बनाउँछौँ ।’

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...