News Portal

कै झडकामा रेणु दाहालका कारण ओलीको अखडानै रित्तियो, एमालेमा खैलाबैला !

एनपर्दा संवाददाता
१२१ पटक

काठमाडौं।

संघ र प्रदेश निर्वाचन नजिक आउँदै गर्दा माओवादी प्रवेशको लहर चलेक्क छ । देशभर दैनिक हजारौंको संख्यामा माओवादी प्रवेश गरिरहेका छन ।चुनावक्क वेला राजनैतिक माहोल बनाउन प्रवेशको महत्त्वपूर्ण भुमिका हुने गर्दछ । अहिले प्राय सबै पार्टीले अन्य दलका कार्यकर्ताहरु भित्र्याउने अभियान नै चलाएका छन ।

गठबन्धनले गर्दा जित सुनिश्चित हुने भएकाले एमाले भन्दा कांग्रेस माओवादीमा धेरैले प्रवेश गरिरहेका छन । शक्तिशाली नेता देखि साधारण कार्यकर्तासमेत फुलमाला लाएर पार्टीमा प्रवेश गरिरहेका छन ।

पार्टी प्रवेशकै क्रममा चितवनले भने रेकर्ड तोडेको छ। चितवनका हरेक कार्यक्रमा सयौंको संख्यामा माओवादी प्रवेश गर्ने क्रम जारी छ । हिजो भने त्यो संख्याले रेकर्ड तोडेको हो ।

हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथि भएको कार्यक्रममा शक्तिशाली बेतासहित हजारौंको संख्यामा माओवादीमा प्रवेश गरेका छन । प्रवेश गर्नेहरु धेरैजसो एमाले भएपनि सबै दलहरुबाट माओवादीमा आएको एक नेताले बताए ।

हिजोसहित गरि करिब १० दिनको अन्तरालमा चितवनमा मात्र अन्य द्दलहरु परित्याग गरि १० हजार जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । प्रवेश गर्नेमा ठुला नेता देखि साधारण कार्यकर्ता छन ।

संघीय निर्वाचनको नजिकिदै जाँदा चितवनमा माओवादी प्रवेश गर्नेको लर्को लागेको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीहरुलाई खादाँ लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्ये जनताको अवस्था बदल्ने रहेको बताउनुभयो ।प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताउनुभयो ।

प्रचण्डले भन्नुभयो, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ।’ विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताउनुभयो । ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ । उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

उहाँले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत तथा धन्यवाद व्यक्त पनि गर्नुभयो । कार्यक्रममा चितवनका स्थापित ब्यवसायी तथा उद्यमी विजय घले नेकपा एमाले परित्याग गरी ३ सय कार्यकतासहित माओवादी प्रवेश गर्नुभयो । यस्तै माओवादी नेता दानबहादुर गुरुङको पहलमा भरतपुर १८ का आमा समुहसहित २ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको पार्टीका चितवन जिल्ला सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

यस्तै भरतपुर १६ बाट मुस्लिम समुदायको धर्मगुरुको नेतृत्वमा माओवादी केन्द्र प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नायरायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, रेनु दाहाल, ज्ञानु बस्नेत, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, ठाकुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

एकीकृत समाजवादीका नेता बस्नेत माओवादीमा फर्किए
एकीकृत समाजवादी दाङका जिल्ला सदस्य तुलसीराम बस्नेत माओवादी केन्द्रमा फर्किएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य सेसुराम भण्डारीले प्रवेश गराएका हुन् ।

त्यस अवसरमा बस्नेतले माओवादी सच्चा कम्युनिष्ट भएकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए । कार्यक्रममा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीलगायतको सहभागिता रहेको थियो ।बस्नेत तुलसीपुर १० निवासी हुन् । त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार भण्डारीले कम्युनिष्टहरु गोलबद्ध हुने ठाउँ भनेको माओवादी केन्द्र नै भएको बताए ।

प्रचण्ड गोरखा जाँदा रेनुको ‘मुड अफ’
शुक्रबार गोरखा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आउँदा छोरी रेनु दाहालको मुड अफ भएको बताएका छन् ।

शुक्रबार गोरखा बजारमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्दै उनले भने, ‘अध्यक्ष त्यहाँबाट गोरखा जाने चर्चा चलेदेखि वास्तवमा भन्ने हो भने उनको मुड अफ भयो ।’ प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर पनि हुन् ।

उनले बाबु प्रचण्ड गोरखाबाट चुनाव लड्ने निर्णय भएपछि सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘दुःखद, चितवनबासीका लागि दुर्भाग्य, स्तब्ध, भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’

संबोधनको क्रममा भावुक बनेका प्रचण्डले भने, ‘केही केही पोष्ट पनि बाहिर आयो, तपाईंहरूले पनि पढ्नुभयो होला । त्यो हदसम्म त जानु हुने थिएन, तर पनि भावना न हो, मान्छेको भावना उम्लेर आयो ।’

उनले आफू गोरखा आएको कुरालाई प्रतिक्रियावादी शक्ति केन्द्रहरूले जित र हारसँग जोडेर अफवाह फैलाएको आरोप लगाए । उनले ४० वर्षपछि पुनः गोरखा फर्कनुलाई चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङको चिनकाङसाङ यात्रासँग तुलना गरे ।उनले भने, ‘मैले भावुक हुँदै भनेको छु, म चिनकाङसाङ फर्केको हुँ, फेरि एउटा नयाँ क्रान्ति, नयाँ अभियान, रुपान्तरणको निम्ति गोरखाका आएको छु ।’

माओ चिनियाँ कम्युनिष्ट पार्टीमा विचलन आएपछि छापामार युद्ध थालनी गरिएको स्थान चिनकाङसाङ फर्किएका थिए । प्रचण्डले जनयुद्धमा पहिलो सैन्य अभ्यास सुरुवात गरेको गोरखाको सिरानचोकलाई चिनकाङसाङसँग तुलना गरेका हुन् ।

उनले आफ्नो गोरखा आगमनले समाजवादी क्रान्तिको थालनी हुने बताए । ‘झण्डै ४० वर्षपछि म गोरखा फर्केको छु । म यहाँ अध्यापन गर्दा २२ वर्षको थिएँ’ उनले भने, ‘हामीले यहीँबाटै भूमिगत रूपमा पार्टी हेडक्वार्टर चलाउँदा, प्रारम्भिक सैन्य तालिम लिएको आजभन्दा झण्डै ४०÷४१ वर्ष अघि अगाडिको कुरा हो ।’

प्रचण्डले बितेको चार दशकमा धेरै राजनीतिक परिवर्तन भए पनि उक्त आन्दोलनको नेतृत्वकर्ता पार्टी पहिलेको जस्तो नभएको स्वीकारे । ‘हामीलाई चाहिए जस्तो पार्टी अहिले हामीसँग छैन । हामी सबै धेरथोर संसदवादको फोहरसँगको संर्सगमा केही मैलाधैला भएका छौं’, उनले भने ।

उत्पीडितहरूको मुक्तिका निम्ति नेतृत्व गर्ने पार्टी अहिले संसदवादी जस्तै हुने खतरा बढिरहेको उनले बताए । ‘यसकारण मैले गोरखा आएर नयाँ रुपान्तरणको बाटो हिड्ने कोशिस गरेको हुँ,’ उनले भने । उनले नयाँ क्रान्तिका लागि गोरखाबाटै नयाँ पार्टी निर्माणको अभियान थाल्ने बताए ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...