
काठमाडौं।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन्।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकिर गरे।
बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘देशलाई संकटको भूमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जित अपरिहार्य छ।
नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौँ। केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढ्नुको कुनै विकल्प हामीसँग छैन।’
उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुनसक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
४) सय दिन महानगरवासी सँगसँगै: विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।
५) आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार: म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।
६) मेलमिलापकर्ता छनौट प्रक्रिया: विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताहरुको सूचि तयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूचि कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।
७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास: मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।
८) शिक्षा क्षेत्रमा सुधार: शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको छ ।
९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण: नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुथिहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं ।
१०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य: स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ ।
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता: कार्यविधि २०७९÷०३÷१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभाग मातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजना मध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ ।
त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो विचमा भएका छन् ।
१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन: राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धि नीति तर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेश गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्व प्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समिति मार्फत नगरसभामा पेश गरी स्वीकृत भए वमोजिम कान्यान्वयनमा आइसकेको छ ।
१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार: काठमाडौँ महानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ ।
१४) अपाङ्गता परिचयपत्र वितरण: काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।
१५) सहरी व्यवस्थापन: महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ ।
थालनी गरिएका केही योजनाहरुः १) दरबार हाइस्कूल र कन्या मा.वि लाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ ।
२) घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ । ३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ ।
४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको छ । ५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।
६) न्यायिक समितिको अनुभव आदान–प्रदान गर्ने र असल तथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । ७) अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ ।
८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकता अनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ । ९) उपभोक्ता हित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ ।
१०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्ष भित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।
माथि उल्लेखित कार्यहरु १ सय दिन भित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु हुन् । यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्दछ ।
त्यसका लागि आम महानगरवासीको चाहना, आवश्यकता र सहभागितासहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु । धन्यवाद ।