News Portal

राजा र जनता भनेका नङ र मासुु हुन याे कसैले छुटाउन सक्दैन, राजा ज्ञानेन्द्र भगवान हुन…

एनपर्दा संवाददाता
१११० पटक

काठमाडौँ ।

गृहमन्त्री बनेपछि नै अनुसन्धान गर्न आनाकानी गरेको प्रहरीले रवि लामिछाने विरुद्धको जाहेरीमा अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालय, काठमाडौंमा बुझाएको छ।

अमेरिकाबाट फर्किएपछि पुरानै नम्बरको दोस्रो राहदानी लिएको र त्यसको प्रयोग नभएकाले मुद्दा चलाउन नसकिने प्रहरीको अनुसन्धान प्रतिवेदनमा रहेको सरकारी वकीलको कार्यालय स्रोतले बतायो। यसका साथै लामिछाने नेपाली नागरिकका रूपमा अमेरिका गएको र

नागरिकता पुनःप्राप्ति मात्र नगरेकाले विदेशी सरह व्यवहार गर्न नमिल्ने पनि प्रहरी अनुसन्धानमा उल्लेख छ। राहदानी दुरुपयोग गरेको समेत नदेखिएकाले प्रहरीले मुद्दा चलाउन नसकिने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। सरकारी वकीलको कार्यालयले भने मुद्दा चलाउन सकिने/नसकिने टुङ्गो लगाएको छैन।

“आइतबारसम्म निर्णयमा पुग्छौं,” सरकारी वकील कार्यालयका ती अधिकारीले भने। मुद्दा नचलाउने निर्णयमा सहमत भएमा कानूनतः फाइल उच्च सरकारी वकीलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुग्छ। महान्यायाधिवक्ता कार्यालयले अन्तिम निर्णय गर्नेछ।

प्रहरीले फागुन ३० गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो। गत माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर्‍याएपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका थिए। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक

बनेका लामिछानेले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गराउने कानूनी प्रक्रिया पूरा गरेका थिएनन्। जसका कारण सर्वोच्चले उनको नागरिकता अवैध ठहर्‍याएको थियो। सर्वोच्चको फैसलापछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन्।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि बनेका छन् । गत मंसीरमा गृह मन्त्रालय हुँदै अनुसन्धानका लागि जाहेरी प्रहरी कार्यालय पुगेको थियो । तर , अनुसन्धान हुँदाहुँदै लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री बनेपछि प्रहरीले अनुसन्धान रोकेको थियो ।

सर्वोच्चको फैसलासँगै पदबाट बाहिरिएपछि प्रहरी अनुसन्धान फेरि अगाडि बढेको थियो। तर, लामिछानेको बदनियत नदेखिएको प्रहरी निष्कर्ष छ। यद्यपि राहदानी ऐनले झूटो विवरण दिई राहदानी लिन नहुने भनेको छ। लामिछानले निष्क्रिय नागरिकतालाई नै सक्रिय सरह प्रयोग गरेर नयाँ राहदानी लिएका थिए।

यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुःखमा साथमै हुनेछु‚’ प्रधानमन्त्री दाहालले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

फिदिम माविलाई राष्ट्रपति रनिङ सिल्ड |राष्ट्रपति रनिङ शिल्डका विजेतालाई पुरस्कार वितरण गरिँदै
पाँचथर — पाँचथरको फिदिम–१० मा आयोजना गरिएको जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्डमा फिदिम माध्यामिक विद्यालयले १५ वटा स्वर्ण पदकसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

जिल्लाका ७ वटा स्थानीय तहका विद्यालय सहभागी रहेको प्रतियोगितामा फिदिम बिहीबार साँझ ढिला गरी सम्पन्न भएको प्रतियोगितमा नगरपालिकाले जितेका २० स्वर्ण, १५ रजत र ४ कास्यमध्ये फिदिम मावि एक्लैले १५ स्वर्ण,१३ रजत र ४ कास्य पदक हात पारेका हुन् ।

फिदिम माविले यो पदकसहित दोस्रोपटक राष्ट्रपति रनिङ सिल्ड जितेको हो । प्रतियोगितमा ११ स्वर्ण, ५ रजत, ६ कास्य पदक जित्दै याङवर दोस्रो तथा ६ स्वर्ण, ५ रजत र ३ कास्यसहित फाल्गुनन्द तेस्रो भयो ।सहभागीमध्ये मिक्लाजुङले ६ स्वर्ण, ३ रजत, ४ कास्य पदक जित्दै चौथो र ४ स्वर्ण, ३ रजत र ४ कास्यको साथमा कुम्मायक गाउँपालिका पाँचौं भयो ।

प्रतियोगितामा फालेलुङले २ स्वर्ण ४ रजत र २ कास्य पदक जित्यो । आठवटा स्थानीय तह रहेको पाँचथरको तुम्बेवा गाउँपालिका भने प्रतियोगितामा सहभागी भएन । कमजोर व्यवस्थापनबीच प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकको आलोचना पनि भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...