
काठमाडौ।
यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु: मन्त्री किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमसँग दैनिक रिपोर्ट मागेका छन्।सोमबार अनुगमनका लागि निगम पुगेका किरातीले निगमको सुधारका लागि दैनिक रिपोर्ट मागेका हुन्।
‘कुन जहाज कहाँ कति बेला ढिलो भयो? त्यसको चक्का खराब भयो कि चक्काको तार काट्यो कि त्यसको जवाफ हामीलाई चाहिन्छ,’ उनले भने, ‘हामीले पनि त जवाफ दिनुपर्यो नि।’उनले विगतमा जे जस्तो भएपनि अब भने निगमले बिजनेस मोडालिटी बनाएरै अघि बढ्नुपर्ने बताए। नेपाल एयरलाइन्समा टिकट नपाइने समस्याबारे पनि उनले प्रश्न गरे।
‘टिकट पाइँदैन। दलालले टिकट लिइरहेका छन् मैले देखेको छु,’ उनले भने, ‘खान त खानु. घिच्न त पाइँदैन नि।’ उनले एक महिनाभित्र ई टिकटिङमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्छ । राजधानी दैनिकबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भएमा ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहनेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई पठाउने बताइएको छ । उपसभामुखमा पनि उनीसहित समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको रास्वपाका सांसदहरूले जानकारी दिएका छन् ।
समानुपातिक सांसद मनीष झाको विगतको अनुभवका आधारमा युवा तथा खेलकुद मन्त्रालयमा दाबी छ । पूर्वखेलाडीसमेत रहेका उनी ‘फ्याक्ट्स नेपाल’ का संस्थापक हुन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पार्टीको भागमा आउँदा संस्कृतिको क्षेत्रमा काम गरेका काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र पर्यटन व्यवसायमा संलग्न समानुपातिक सांसद डोलप्रसाद अर्यालको विज्ञता पुग्ने बताइएको छ ।
रास्वपा सत्तारूढ गठबन्धनमा तेस्रो ठूलो शक्ति भएकाले सोहीअनुसारको भाग पाउनुपर्ने नेताहरूले बताएका छन् । एक सांसदका अनुसार पार्टीको भागमा परेका मन्त्रालय र विगतमा हासिल गरेको विज्ञता हेरेर जिम्मेवारी लिने र त्यसमा असन्तुष्टि जाहेर नगर्ने सहमति भएको छ ।
संसदीय समिति सभापति र उपसभामुखमा पनि त्यसरी नै टुंगो लगाउने सहमति भएको रास्वपाका नेताहरूको भनाइ छ । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।