
चितवन ।
चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् । निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’
धुर्मुशले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दावी पनि गरेका छन् । उनले सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई साक्षी राखेर आफुले रंगशाला निर्माण सुरु गरेको उनले बताए । अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नभएको उनको गुनासो छ ।
उनले कोरोना भाईरसको महामारी र सरकारबाट प्राप्त सहयोगको प्रतिवद्धता पुरा नभएकाले काम अघि बढाउन नसकिएको पनि बताए । उनले एक वर्ष अघि नै भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गर्दै पत्र लेखेको पनि स्मरण गराएका छन् ।
सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्।मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन्। उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताएका छन्।
उनले भने, ‘आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्। यहि आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो? यदि यो बनेको भए। रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला। मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ।’
उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए। बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको उनले प्रस्ट पारे। पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ।
यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ ।
आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकरको वार्षिक कार्यक्रममभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।
विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ । अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरिवाना नगर्ने भनेर पनि सोधेको छ ।
सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी
सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
दाङ १ मा तीन सहकर्मीको प्रतिस्पर्धा
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेको क्षेत्रीय कमिटीले तीन जनाको नाम सिफारिस भएपछि गंगा चौधरीले शान्ता चौधरीसँगै बसेको तस्वीर राखेर सामाजिक सञ्जालमा लेखिन्, हामी दुई दिदी–बिहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि हामी एक भएर जानेछौं ।’ क्षेत्रबाट गंगा र शान्तासँगै रेवतीरमण शर्माको नाम पनि सिफारिस भएको थियो ।
केन्द्रीय सदस्य गंगाले शान्ता र आफूमध्ये एकलाई मान्ने बताउनासाथ रेवतीरमण टिकटको दौडमा पछि परे । थारु समुदायको बाहुल्य क्षेत्रको लागि एमालेले शान्तालाई उम्मेदवार बनाउने निर्णय गर्यो । तर एमाले केन्द्रीय सदस्य गंगा आफ्नो बचनमा टिकिनन्, हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवारी दिएका छन् । यससँगै दाङ १ मा तीन पूर्व सहकर्मीहरुको प्रतिस्पर्धा हुने भएको छ ।शान्ता र मेटमणि चौधरी पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन् । थरुहट तराई पार्टीबाट आएकी गंगा पनि पछिल्ला वर्षहरुमा शान्ता र मेटमणिसँगै एउटै पार्टीमा थिए ।
एमाले फुटेर एकीकृत समाजवादी बनेपछि
एमाले फुटेर एकीकृत समाजवादी बनेपछि मेटमणि त्यता लागे भने अहिले गंगाले अर्कै पार्टीबाट उम्मेदवारी दिएपछि तीन सहकर्मी तीनतिर भएका छन् र एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । ‘आफूले जस्तै मिहिनेत गरेर बनेका र हिजोसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ एमाले उम्मेदवार शान्ता चौधरी भन्छिन् ।