News Portal

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

एनपर्दा संवाददाता
५२० पटक

काठमाडौं ।

कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा २४ जना नेपाली श्रमिकको माग आएको छ ।

कुवेतको उक्त कम्पनीमा मासिक तलब ३८ हजार देखी १ लाख ४० हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ ।

आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकरको वार्षिक कार्यक्रममभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।

विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ । अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरिवाना नगर्ने भनेर पनि सोधेको छ ।

सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी
सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

दाङ १ मा तीन सहकर्मीको प्रतिस्पर्धा
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेको क्षेत्रीय कमिटीले तीन जनाको नाम सिफारिस भएपछि गंगा चौधरीले शान्ता चौधरीसँगै बसेको तस्वीर राखेर सामाजिक सञ्जालमा लेखिन्, हामी दुई दिदी–बिहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि हामी एक भएर जानेछौं ।’ क्षेत्रबाट गंगा र शान्तासँगै रेवतीरमण शर्माको नाम पनि सिफारिस भएको थियो ।

केन्द्रीय सदस्य गंगाले शान्ता र आफूमध्ये एकलाई मान्ने बताउनासाथ रेवतीरमण टिकटको दौडमा पछि परे । थारु समुदायको बाहुल्य क्षेत्रको लागि एमालेले शान्तालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर एमाले केन्द्रीय सदस्य गंगा आफ्नो बचनमा टिकिनन्, हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवारी दिएका छन् । यससँगै दाङ १ मा तीन पूर्व सहकर्मीहरुको प्रतिस्पर्धा हुने भएको छ ।शान्ता र मेटमणि चौधरी पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन् । थरुहट तराई पार्टीबाट आएकी गंगा पनि पछिल्ला वर्षहरुमा शान्ता र मेटमणिसँगै एउटै पार्टीमा थिए ।

एमाले फुटेर एकीकृत समाजवादी बनेपछि
एमाले फुटेर एकीकृत समाजवादी बनेपछि मेटमणि त्यता लागे भने अहिले गंगाले अर्कै पार्टीबाट उम्मेदवारी दिएपछि तीन सहकर्मी तीनतिर भएका छन् र एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । ‘आफूले जस्तै मिहिनेत गरेर बनेका र हिजोसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ एमाले उम्मेदवार शान्ता चौधरी भन्छिन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...