
काठमान्डौ ।
मसँगै जापान जाने अनि संगै बस्ने इमान्दार केटा चाहि’यो सम्पर्क गर्नुहोस् मसँगै जापान जाने अनि संगै बस्ने इमान्दार केटा चाहि’यो (तुरुन्तै सम्पर्क गर्नुहोस्) भन्दै अहिले सम्चार भाईरल भएको छ । तल राखिएको छ उन्को संपर्क नम्बर हरु कृपया हामीले नि यो समाचार अरु बाट लिएको हो ।
यो पनि : विवाह गर्न सौराहाबाट पोखराको महायज्ञ आइपुगेको ‘अन्तरजातीय जोडी’
वरपर मान्छेको भिड थियो । त्यो भिडमा घरपरिवारका कोही थिएनन् । साथीभाइलाई साक्षी राखेर चितवन सौराहा बस्ने अशोक भुषाल र मारिया चौधरी तीन दिनअघि विवाह बन्धनमा बाँधिए । अशोक–मारियाको जोडीलाई मात्र होइन साथीभाइलाई पनि यो विवाह निकै यादगार बनेको छ ।
बिहे गर्नै चितवनबाटै पोखरा आइपुगे । तर, पोखरामा दर्जनौँ मन्दिर हुँदाहुँदै एउटा खुल्ला चौरमा विवाह बन्धनमा बाँधिएर उनीहरूले जीवनको अर्को अध्याय सुरू गरेका छन् । ब्राह्मण समुदायका अशोक र थारू समुदायकी मारियाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गत सोमबार विवाह गरेका हुन् ।
२५ फागुनदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भजन चुड्का प्रतियोगिता र बृहत् महायज्ञ जारी छ । त्यहीँ यी दुवैले विवाह गरेका हुन् । उमेरमा मारिया अशोकभन्दा दुई वर्ष कान्छी हुन् । २९ वर्षीय अशोक हाँस्दै भन्छन्, ‘बिहे हुँदैछ भन्ने थाहा थियो । तर, कहाँ–कसरी हुँदैछ भन्ने केही थाहा थिएन । जीवनको एउटा यात्राको सुरुआत निकै यादगार बन्यो ।’
चितवनबाट अघिल्लो दिन हिँड्दा पोखरामा विवाह गर्ने थाहा थियो । कहाँ गर्ने, पण्डित कहाँ खोज्ने मेसो थिएन । यी दुईको विवाह गराउन १०/१२ जना साथीभाइ पनि साथमै आएका थिए । अशोक सौराहामा सामाजिक संस्था जेसिजमा आबद्ध छन् । उनको विवाहमा जुटेका साथीभाइ पनि त्यही संस्थासँग जोडिएका छन् । तिनै साथीभाइले नै विवाहको सबै चाँजोपाँजो मिलाएका हुन् ।
महायज्ञमा विवाह पनि गर्न पाइने थाहा पाएपछि साथीभाइले अशोक र मारियालाई त्यहीँ लगेका थिए । विवाह गर्ने भनेर हामीलाई सेयर गर्नुभयो । त्यसपछि हामी पनि जाऔँ भनेर साथीभाइ आयौँ । महायज्ञमा विवाह गराउँदा, त्यहाँ नाच्दा हाम्रो लागि साथीको विवाह पनि अविस्मरणीय बन्यो,’ अशोकका साथी विकल आचार्यले सुनाए ।
विवाहसँगै चार वर्षदेखिको प्रेम सम्बन्धले अर्को खुड्किलो पार गरेको छ । महायज्ञको विवाह समारोहमा आउनेहरूले नै आशिर्वाद दिए, नचाए । औँलामा गन्न सकिने साथीभाइको उपस्थिति र महायज्ञमा आएका अपरिचित’ले देखाएको आत्मीयताले यो जोडीलाई निकै छोएको छ ।
अर्घाखाँचीमा जन्मिए पनि अशोकको बाल्यकाल र पढाइ काठमाडौंमै भयो । चार वर्षअघि कामको सिलसिलामा उनी सौराहा पुगेका थिए । त्यहाँको चितवन फरेष्ट रिसोर्टमा व्यवस्थापकीय जिम्मा उनको थियो । मारियाको घर उनले काम गर्ने रिसोर्टको आडैमा थियो । एउटा पर्खाल वरपर देखादेख भइरहन्थ्यो साढे तीन वर्षअघि कामकै सिलसिलामा दुवै नजिक भए ।
मारिया चितवन राष्ट्रिय निकुञ्ज आउने पाहुनालाई घुमाउँथिन् । पोखराको एउटा विद्यालयका ८० जनाभन्दा बढी छात्रा भ्रमणमा गएका थिए । ८ वटा जिपमा ती छात्रा जाने तय भयो । सबै महिला नै भएपछि अशोकले पनि महिला गाइड खोजे । त्योमध्ये एक मारिया थिइन् । त्यसपछि कुराकानी झाँगिन थाल्यो ।
तर, प्रेम कहाँबाट सुरु भयो दुवैसँग जवाफ छैन । ‘प्रेमबाट, एउटाले अर्कोलाई भनेर हामीबीच केही सुरु भएको होइन । साथी हुँदै जाँदा प्रेम भएछ,’ भुषालले सुनाए । चिनजान भएर बोल्न थाल्दाथाल्दै कोभिड–१९ सुरु भयो । कोरोनाकै कारण अशोक र मारियाको सम्बन्धमा मलजल भएको हो । कोरोनाले होटल, रेष्टुरेन्ट सबै बन्द भयो ।
होटल बन्द भए पनि अशोक न गाउँ फर्किन पाए, न कतै निस्किन । कोरोनाको समयमा मारियाको घरको भान्सामा पाक्ने हरेक चिज अशोकसम्म पुग्थ्यो । ‘मेरो चितवनमा कोही थिएन । होटलमा त्यो संकटको बेलामा जे पाक्थ्यो त्यही खानुपर्थ्यो,’ अशोक कोरोनाकाल सम्झँदै हाँस्छन्, ‘उसको घरको भान्सामा जे पाक्थ्यो त्यो मसम्म आइपुग्थ्यो । दुःखको साथले झनै निकटता बढायो ।’
फरक समुदायका यी दुईको विवाह हुन्छ भन्ने कमैले सोचेका थिए । अशोकका साथीभाइ नै ‘तिमीहरूको विवाह हुँदैन होला’ भन्थे । यी दुईले त्यसलाई गलत साबित गरिदिएका छन् ।
हामीले अन्तरजातीय विवाह गर्दाका सुःख–दुःखबारे अशोकलाई सोध्यौँ । उनी एकैछिन रोकिए । त्यसपछि विवाहमा परिवार नै नहुँदा कतिसम्म शून्यता हुन्छ सुनाए । चितवनमै विवाह गर्दा परिवारलाई नैतिक प्रश्न आउने भएपछि दुवैले अर्को शहरमा गएर विवाह गर्ने योजना बनाएका थिए ।
घरबाट भनेअनुसारकै केटी खोजिदिने आश्वासन अशोकलाई आएको थियो । पारिवारिक कारणले नै वर्षौं अन्तरजातीय प्रेम गरेकाहरू त्यसलाई विवाहको रूप दिँदैनन् । अशोक र मारियालाई अरूजस्तै बन्नु थिएन त्यसपछि दुवैले परिवारकै उपस्थितिबिना पोखरा आएर विवाह गरेका हुन् । दुवै परिवारले मौन समर्थन जनाएपछि यो जोडीले पोखरा आएर विवाह गरेको हो ।
म अहिले परिवारलाई खुसी पार्न विवाह गरूँला रे ! तर, सधैँ खुसी हुन सकिन्छ र ? मेरो ५ दाजुभाइ छौँ,’ अशोक भन्छन्, ‘आज पनि मेरो आमा नै हो बुवाको स्याहार गर्ने । भनेको हरेकलाई सहयात्री आफूलाई बुझ्ने चाहिन्छ ।’
अशोक ‘जातीय विभेद’लाई समाजको रोगका रूपमा अर्थ्याउँछन् । समुदायबीचको दुरीलाई घटाउने सन्देश आफूहरूले दिने अशोकको विश्वास छ । ‘जात त समाजको रोग हो । समाजलाई कसरी विभाजित गर्ने भन्ने उद्देश्यमा एकथरी मान्छे छन्,’ उनी भन्छन्, ‘हाम्रो अन्तरजातीय विवाहले यो रोग हराउँछ भन्ने छैन तर, यसले कसै न कसैलाई यसले सकारात्मक सन्देश प्रवाह गर्छ ।’
हामीले दुवैलाई सोध्यौँ – एकअर्काप्रति के कुराले तान्यो ? मारियाले दुई शब्दमा जवाफ दिइन्, ‘बुझ्ने हुनुहुन्छ ।’ अशोक बोले, ‘म बोलिरहन्छु । ऊ म बोलेको सुनिरहन्छिन् । यही मनपर्यो ।