
काठमाडौं ।
कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार रूपैयाँ दिने निर्णय गरेको हो ।
बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।उहाँले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो ।
वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो ।“कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो । “यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।” उहाँले भन्नुभयो, “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।”
मानिसको भविष्यसँग पनि जोडिएको छ । पछिल्लो समय मानिसहरू भविष्यप्रति बढी नै चिन्तत हुन थालेकाले पनि यसप्रति विद्यार्थीको चाप बढेको विद्यापीठका प्राचार्य प्रा. भागवत ढकालको भनाइ छ । त्यसमाथि पछिल्लो समय छात्राहरूको उपस्थिति पनि
बढ्दै गएको छ । वाल्मीकिमै शास्त्री तृतीय वर्षमा सिद्धान्त ज्योतिष पढ्दै छिन्, अमृता खनाल । ग्रहहरूको अध्ययन गर्न र व्यावसायिक रूपमा पनि आयआर्जन गर्न अन्य विषयभन्दा फलदायक ठान्छिन् उनी । ‘मानिसको भविष्य त छँदै छ, खगोलका विषयमा पनि धेरै कुराको ज्ञान हुन्छ,’ उनले भनिन् । ‘यसको व्यावसायिक पाटो त छँदै छ ।’ पछिल्लो समय
मानिसहरू महत्त्वाकांक्षी हुँदै गएकाले पनि भविष्यको चिन्ता र राम्रा दिन आउने समयबारे जान्न पनि युवा जमातमा यस विषयप्रति चासो बढेको उनी बताउँछिन् । यसैका उदाहरण हुन्, अहिले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा विद्यावारिधि गर्दै गरेकी प्रतीक्षा कट्टेल । ज्योतिष विषयमा सानैदेखि रुचि राख्ने कट्टेलले
कोभिडका कारण गरिएको लकडाउनमा ज्योतिष सिकिन् । ‘यो विषय आफैंमा एउटा विज्ञान हो । समयसँगै मानिसहरूले यसलाई पुरानो र पाका पुस्ताले मात्र ज्योतिषी पेसा अँगाल्ने जस्तो व्याख्या गरियो । तर अहिले यो गलत सावित भइसकेको छ । युवापुस्ताहरू नै यसप्रति आकर्षित भइरहेका छन् । यो निकै राम्रो कुरा हो,’ फुर्सदको समयमा आफू विभिन्न जन्मकुण्डली हेर्ने र विश्लेषण गर्ने कट्टेल बताउँछिन् । चिना, हात र वास्तु
हेराउने जस्ता विषय मानिसहरूको दिनचर्यासँग जोडिएपछि यसप्रतिको आकर्षण बढेको बताउँछन् वाल्मीकि विद्यापीठ ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्य । तर आकर्षण बढेसँगै सतही ज्ञानको भरमा फलादेश गर्ने र भाइरल हुने नाममा पेसालाई नै बदनाम गर्ने प्रवृत्ति देखिन थालेकामा भने उनी चिन्तित छन् ।