
काठमाडौं ।
विदेशबाट फर्कदै हुनुहुन्छ? त्यसो भए हेर्नुस नेपालमा के सामान ल्याउदा भन्सार लाग्छ के मा लाग्दैन | के तपाइँ बैदेशिक रोजगारी मा हुनुहुन्छ? तपाइको घर छुट्टीमा आउने समय भएको त छैन? त्यसो भए तपाईलाई अबस्य पनि मनमा लागेको होला,नेपालमा के के लान पाइञ्छ। के सामान लैजादा भन्सार लाग्छ र के सामान लैजादा भन्सार लाग्दैन, त्यसको पुरा लिस्ट हामीले तल राखेका छौ हेर्नु होला ।
तपाइँ नेपाल फर्कने क्रममा भन्सार लाग्ने र नलाग्ने सबै कुराको जानकारी हुनु अति आबस्यक छ किनकी यदि तपाइलाई यसको बारेमा जानकारी नभएमा तपाइलाइ झमेला हुन्छ भने गोजीबाट अनाबस्यक पैसा खर्चनु पर्ने हुन्छा। विदेश बाट आउने नेपाली नागरिकलाई सरकारले कति कुरामा भन्सार शुल्क लिने गरेको छ भने कति कुरामा भन्सार लिदैन।
विदेशबाट आउदा त्रिभुबन अनतरास्ट्रिय विमानस्थलको भन्सार कार्यालय ले तपाईलाई भन्सार महसुल लिने गर्छ। तपाइले ल्याउने सामानको चेकिङ्ग पनि त्यहि हुने गर्छ।
त्यसैले सामान किनेर ल्याउदा प्रयोजनमा अनुसार गर्दा तपाईलाई राम्रो हुन्छ। भन्सार लाग्दैन भनेर अनाबस्यक सामान नेपालमा ल्याउनु भयो भने तपाइलै समस्या पर्न सक्छ।
बिशेष गरि बिदेशमा १ बर्ष बढी समय रोजगारी गर्ने कामदार लाइ सरकार ले बिना भन्सार ३२ इन्च सम्मको टिभी ल्याउन दिन्छ। ३२ इञ्च माथिको टिभी ल्याउदा कामदार ले इन्च अनुसार भन्सार तिर्नु पर्छ। त्यसबाहेक घडी, क्यामरा, मोबाइल फोन, पेन ड्राइभ – १/१ थान बिना भन्सार ल्याउन दिन्छ। अरु के के ल्याउन दिन्छा तेस्का लागि तल लिस्ट हेर्नु होला।
आफ्नो मित्रजन र परिवारको लागि उपहार र सामान ल्याउनुस तर भन्सार लाग्ने नलाग्ने जानकरी लिएर मात्र गर्न राम्रो हुने छ। यदि तपाइँ पनि के समान मा भन्सार लग्छ के मा लाग्दैन खोजि रहनु भएको छ भने पुरा जानकारी का लागि तलको लिस्ट हेर्नु होला।
विदेशबाट फर्कदा भन्सार नलाग्ने
घडी, क्यामरा, मोबाइल फोन, पेन ड्राइभ – १ थान ल्यापटप/ट्याब्लेट – १ थान बिरामीको औषधि पेरम्बलेटर/ट्राइसाइकल – १ थान ७ किलो खाध्यान्न
प्रयोग गरिएका लुगाफाटा/बर बिच्छ्यौना
घर गृहस्थिका पुराना समान मदिरा – १ लिटर ३२ इन्च सम्मको टिभी – १ थान भन्सार लाग्ने समान हरु सुन – १०० ग्राम लुगाफाटा, जुत्ता, कस्मेटिक्स – १५ थान चुरोट – २०० खिल्ली सिंगार – ५० थान
३२ इन्च माथिको टिभी – १ थान म्युजिक प्लेयर – १ थान फ्रिज , रेडियो, – १/१ थान वासिंग मेसिन – १ थान ब्यबसायिक व्यक्तिको दक्षता वृद्धि गर्ने सामान – १ थान घरायसी प्रयोजनका सामानहरु – २/२ थान मिक्सर/जुसर – २/२ थान सिलाई मेसिन /आइरन – २/२ थान राइस कुकर लगायत घरायसी सामान – २/२ थान