News Portal

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

एनपर्दा संवाददाता
२४७ पटक

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् ।काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।

उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’

उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उनले बताए । भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् ।

सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।यसैबीच काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ ।

नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउन प्रस्ताव गरेकी हुन् ।

महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक निर्माणमा ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याएको थियो । जसमध्ये ९ करोड ४९ लाख घटाउन संशोधन प्रस्ताव गरेको छ ।

चालु आर्थिक वर्षको लागि सामाजिक विकासमा ४४ करोड १२ लाख विनियोजन भएकोमा २० करोड थप गरी ६४ करोड १२ लाख रुपैयाँ बनाउन प्रस्ताव भएको छ ।

स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले विनियोजन गरेको ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख बनाउन उपप्रमुख डंगोलले प्रस्ताव गरेकी छिन् ।यस्तै वातावारण तथा कृषि क्षेत्रमा ५६ करोड १५ लाख विनियोजन भएकोमा १ करोड ५ लाख घटाएर ५५ करोड १० लाख रुपैयाँमा झार्न प्रस्ताव भएको छ ।

डंगोलले सम्पदा तथा पर्यटन विकास विनियोजित २ अर्ब ५३ करोड १८ लाखमध्ये ६४ करोड ६२ लाख घटाएर २ अर्ब १८ करोड ५६ लाखमा झार्न प्रस्ताव गरेकी छिन् ।

शिक्षामा ४६ करोड ५८ लाखको बजेटमा महानगरले संशोधन प्रस्ताव राख्दै ७ करोड ५ लाख थप गरेर ५३ करोड ६३ लाख बनाउन नगर सभामा पेश गरेको छ ।

यस्तै कानुन तथा मानव अधिकारतर्फ ४ करोड २७ लाख विनियोजन भएकोमा ६० लाख थप्ने प्रस्ताव महानगरले गरेको छ । महानगरले २ अर्ब ७२ करोड, ६९ लाख रुपैयाँ संशोधन प्रस्ताव नगर सभामा पेश गरे पनि कुल विनियोजित बजेटमा भने हेरफेर नहुने उपप्रमुख डंगोलले सभामा जानकारी गराएकी छिन् ।

काठमाडौं महानगरपालिकाले २४ असारमा चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । यो आर्थिक वर्षको लागि महानगरले ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...