News Portal

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

एनपर्दा संवाददाता
८४२ पटक

काठमाडौं ।

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरी खटपट शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट शुरु भएको हो ।

लामो समय नेपाल समूहमा रहेका तर, पार्टी विभाजनमा नलागेका नेताहरुलाई एमालेमै फर्काउन अध्यक्ष ओलीले १० बुँदे सहमति गर्नुभएको थियो । उक्त सहमति एमालेको स्थायी समिति र केन्द्रीय समितिले अनुमोदनसमेत गरिसकेको छ ।

तर, सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै दुईपक्षबीच असमझदारी देखिन थालेको छ । सहमति कार्यान्वयनमा अध्यक्ष ओली प्रतिबद्ध नदेखिएको भन्दै ‘तेस्रो धार’ भनेर चिनिएको समूहले २२ गतेभित्र ‘बोल्ड डिसिजन’ गर्ने तयारी गरिरहेको एक जना नेताले दाबी गरेका छन् ।

त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

एमालेमा विवाद चर्किंदै जाँदा माधवकुमार नेपालसमेतको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिको मूल ‘स्पिरिट’ एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भनिएको थियो ।

तर, जेठ २ का सांगठनिक संरचना ब्युँताउन र ‘तेस्रो धार’ का नेताहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली अनिच्छुक देखिएपछि लफडा शुरु भएको हो । जेठ २ मा फर्किएको भनिए पनि पुस ५ गते पछि ओली पक्षले गरेको सांगठनिक पुनर्गठन र नेताहरुको जिम्मेवारीलाई नै निरन्तरता दिन थालिएपछि विद्रोहसम्मको आवाज उठ्न थालेको बताइन्छ ।

उदाहरणका लागि एमाले जेठ २ मा फर्किंदा नेता योगेश भट्टराई स्वतः पार्टीको प्रवक्ता हुनुपर्ने हो, तर फागुन २३ पछि जिम्मेवारी दिइएका प्रदीप ज्ञवालीलाई नै प्रवक्तामा निरन्तरता गराइएको छ । त्यस्तै, प्रदेशका इञ्चार्ज को को हुन् भन्नेमा पनि लडाई शुरु भइसकेको छ ।

फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत

भएको भट्टले दाबी गरेका छन् । तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई खबरै नगरी एकाएक

भेला बोलाइएपछि ‘तेस्रो धार’ का नेताहरु छुट्टै छलफलमा जुटेका छन् । पीपीएलएका इञ्चार्ज रघुजी पन्त हुन् भने अध्यक्ष रुद्र नेपाल हुन् । उनीहरु दुवै जना विगतमा माधव नेपाल पक्षमा खुलेर लागेका थिए ।

इञ्चार्ज पन्त र अध्यक्ष नेपालले हिजोको भेला रोक्न अघिल्लो दिन निर्देशन समेत दिएका थिए । तर, हिजोको भेला रोकिएन, बरु भेलामा पुगेका ओली निकट नेता सुवास नेम्वाङले पार्टी विभाजनको औचित्य नरहेको भन्दै माधव नेपाल र समाजवादीमा गएका नेताहरुको चर्को आलोचना गरेका थिए ।

पीपीएलएका अध्यक्ष नेपालले २२ गतेसम्मको समयसीमा तोकेरै ठूलो विद्रोहको संकेत गरेका छन् । पीपीएलएको भेला, १० बुँदे सहमति कार्यान्वयनको अवस्था र एमालेको आगामी राजनीतिबारे जनआस्थाका लागि साहस न्यौपानेले अध्यक्ष नेपालसँग गरेको कुराकानी :

लामो समय नेपाल समूहमा रहेका तर, पार्टी विभाजनमा नलागेका नेताहरुलाई एमालेमै फर्काउन अध्यक्ष ओलीले १० बुँदे सहमति गर्नुभएको थियो । उक्त सहमति एमालेको स्थायी समिति र केन्द्रीय समितिले अनुमोदनसमेत गरिसकेको छ ।

तर, सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै दुईपक्षबीच असमझदारी देखिन थालेको छ । सहमति कार्यान्वयनमा अध्यक्ष ओली प्रतिबद्ध नदेखिएको भन्दै ‘तेस्रो धार’ भनेर चिनिएको समूहले २२ गतेभित्र ‘बोल्ड डिसिजन’ गर्ने तयारी गरिरहेको एक जना नेताले दाबी गरेका छन् ।

त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

एमालेमा विवाद चर्किंदै जाँदा माधवकुमार नेपालसमेतको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिको मूल ‘स्पिरिट’ एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भनिएको थियो ।

तर, जेठ २ का सांगठनिक संरचना ब्युँताउन र ‘तेस्रो धार’ का नेताहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली अनिच्छुक देखिएपछि लफडा शुरु भएको हो । जेठ २ मा फर्किएको भनिए पनि पुस ५ गते पछि ओली पक्षले गरेको सांगठनिक पुनर्गठन र नेताहरुको जिम्मेवारीलाई नै निरन्तरता दिन थालिएपछि विद्रोहसम्मको आवाज उठ्न थालेको बताइन्छ ।

उदाहरणका लागि एमाले जेठ २ मा फर्किंदा नेता योगेश भट्टराई स्वतः पार्टीको प्रवक्ता हुनुपर्ने हो, तर फागुन २३ पछि जिम्मेवारी दिइएका प्रदीप ज्ञवालीलाई नै प्रवक्तामा निरन्तरता गराइएको छ । त्यस्तै, प्रदेशका इञ्चार्ज को को हुन् भन्नेमा पनि लडाई शुरु भइसकेको छ ।

फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत

भएको भट्टले दाबी गरेका छन् । तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई खबरै नगरी एकाएक

भेला बोलाइएपछि ‘तेस्रो धार’ का नेताहरु छुट्टै छलफलमा जुटेका छन् । पीपीएलएका इञ्चार्ज रघुजी पन्त हुन् भने अध्यक्ष रुद्र नेपाल हुन् । उनीहरु दुवै जना विगतमा माधव नेपाल पक्षमा खुलेर लागेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...