News Portal

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

एनपर्दा संवाददाता
३१२ पटक

काठमाडौं, ।

खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले राजीनामा दिन लागेका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालय मागेका थिए । प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

नेपाल चिनाउने फिल्मकर्मी
फिल्मका निर्माताहरू लगानीकर्ता मात्रै होइनन् । लगानी खोज्ने जिम्मा उनीहरूकै काँधमा त हुन्छ तर उनीहरूले खर्चने भनेको आफ्नो सिर्जनात्मक कला, समय र परिश्रम हो।

अनुप पौडेलद्वारा निर्मित फिल्म ‘लोरी’ ले कान्स फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्यो। प्रवीण कार्कीका ‘घनटाउके’ इन्टरनेसनल फिल्म फेस्टिभल आम्स्ट्रडम र ‘दद्या’ टोरोन्टो फिल्म फेस्टिभल पुगे।

काठमाडौँ — व्यावसायिक फिल्म क्षेत्रले निर्मातालाई कसरी व्याख्या गर्छ ? पैसा लगानी गर्ने लगानीकर्ताका रूपमा । कुनै बेला निर्माताको परिचयभित्र ‘मुर्गा’ शब्द निकै चल्थ्यो । तर, के निर्माताको अर्थ पैसा लगानी गर्ने मात्र हुन्छ त ? अथवा मुर्गा बनेर पैसा डुबाइरहनु नै वास्तविक परिचय हो ?

आज हामी त्यस्ता युवा निर्माताको चर्चा गर्दै छौं, जो खास अर्थमा नेपाली फिल्म क्षेत्रले बनाएको निर्माताको परिचयभित्र अटाउँदैनन् । उनीहरू फिल्मका निर्माता त हुन् तर लगानीकर्ता मात्रै होइनन् । लगानी खोज्ने जिम्मा उनीहरूकै काँधमा त हुन्छ, तर उनीहरूले खर्चने भनेको आफ्नो सिर्जनात्मक कला, समय र परिश्रम हो ।

‘पैसा हालेर निर्माता बन्नेहरू पनि छन् । तर, निर्माताले पैसा हाल्नैपर्छ भन्ने हुँदैन । हाम्रो फिल्म क्षेत्रमा सय फिल्म बन्दा ९५ निर्माता नयाँ आइरहेका हुन्छन् । तर, एउटा निर्मातामा आफूले कुन क्षेत्रमा लगानी गर्दै छु भन्ने ज्ञात हुनुपर्छ ।

फिल्म व्यवसायको विषयमा जानकारी हुनुपर्‍यो,’ निर्माता अनुप पौडेल भन्छन्, ‘निर्माता त त्यस्तो भिजन भएको व्यक्ति हो, जसलाई आफ्ना दर्शक कहाँ छन् भनेर थाहा हुन्छ । मेरो फिल्मको विषयवस्तु के हो र यो कहाँसम्म पुग्न सक्छ भन्ने ज्ञान भएको व्यक्ति निर्माता हो ।’

अनुप त्यस्तै, निर्मातामा पर्छन्, जो आफ्ना फिल्ममार्फत अन्तर्राष्ट्रिय बजार पुगिरहन्छन् । उनी निर्मित ‘लोरी’ ले पछिल्लो समय विश्वप्रख्यात फिल्म फेस्टिभल कान्समा स्पेसल मेन्सन अवार्ड जित्दै इतिहास रच्यो । अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ कान्सको लघु विधातर्फ अवार्ड जित्ने पहिलो नेपाली फिल्म हो । सन् २०१९ तिर बुसान एसियन फिल्म्समा ‘फिल्म प्रोड्युसिङ र फिल्म मार्केट’ पढिसकेपछि अनुपले अन्तर्राष्ट्रिय बजारबारे ज्ञान बटुले ।

त्यति बेला अविनाशद्वारा लिखित ‘सिजन अफ र्ड्यागन फ्लाज’ (झ्यालिन्चा) लिएर उनी बुसान पुगेका थिए । सन् २०१८ तिर ‘तटिनी’ मा पनि निर्माताका रूपमा जोडिए । त्यसपछि अविनाशसँग मिलेर ‘एलिफेन्ट्स इन्द द फग’ निर्माण गर्ने तयारी थाले । यही फिचर फिल्म गर्नु अगाडि अविनाश र अनुपले लघु फिल्म बनाउने योजना बनाए ।

त्यसैको नतिजा हो, ‘लोरी’ । ‘लोरी एकदमै राम्रो फिल्म थियो । त्यतिबेलासम्म धेरै जनामा अविनाशको काम नपुगेको हो कि भन्न लाग्यो । त्यसैले हामीले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई पुर्‍यायौं । अन्तमा लोरीले कान्समा स्पेसल मेन्सन अवार्ड पायो,’ अनुपले भने ।

लघु फिल्महरूसँगै आफ्नो निर्माण रहेको ‘एलिफेन्ट्स इन्द द फग’ र ‘द चेन्जिङ स्काई’ मार्फत अनुपले थुप्रै अन्तर्राष्ट्रिय बजार चहारिसके । ‘फिल्म बनाउनु मात्र ठूलो कुरा होइन । फिल्म चलाउनु ठूलो कुरा हो । अन्तर्राष्ट्रिय बजार पुग्नु गाह्रो र चुनौतीपूर्ण काम हो । निर्माताको हिसाबले तपाईंसँग स्क्रिप्टको ज्ञान हुनुपर्‍यो । लगलाइन, सिनोप्सिस लेख्न आउनुपर्‍यो ।

एउटा स्क्रिप्टको विकासदेखि त्यसलाई कसरी बनाउने भन्नेसम्मको योजना तपाईंसँग हुनुपर्छ,’ अनुप सुनाउँछन्, ‘तपाईंको प्रोजेक्टका लागि एक करोड खर्च लाग्छ भने त्यो रकम कहाँबाट जुटाउने निर्मातासँग योजना हुनुपर्छ । तपाईं फिल्म निर्माण गर्न चाहनुहुन्छ, इन्टरनेसनल को–प्रोडक्सन गर्न चाहनुहुन्छ भने आफ्नै खर्चमा भए पनि बजार पुग्नुपर्ने हुन्छ ।’

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आफैंमा ठूला बजार हुन् । त्यहाँ विश्वभरका वितरक आइपुग्छन्, निर्माता आइपुग्छन् । त्यहीं हुन्छ, फिल्मको किनबेच । विश्वका यस्तै फेस्टिभलदेखि ठूला बजारमा नेपाली फिल्म पुर्‍याउन अनुपको ठूलो भूमिका छ ।

१४ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय अनुप सन् २०१० तिरै चर्चामा आइसकेका थिए । फिल्म पढ्दै गर्दा बनाएको डेमोक्रेसीमाथिको भिडियोले हिलारी क्लिन्टनको हातबाट पुरस्कार थापेका अनुप त्यतिबेला रातारात चर्चामा आए ।

त्यतिबेलै त्यो चर्चा, मिडियाको चासो अनि चौतर्फी वाहवाहीले वाक्क भएर पर्दा पछाडि बसेरै काम गर्नुपर्छ भन्ने लागिसकेको थियो । डाक्टर बन्ने सोचले केयूमा एमबीबीएस पढे, पूरा गर्न सकेनन् । परिवारको

सल्लाहमा इन्जिनियरिङ भर्ना भए त्यो पनि अपूरै भयो । देशको राजनीतिक अस्थिरताले फ्रस्टेट भएर अमेरिका पनि नपुगेका होइनन् तर, फिल्म निर्माणको लतले सन् २०११ देखि यसमै करिअर देख्न थाले ।

फिल्म क्षेत्रमा प्रवेश गर्दा ताका निर्माताका रूपमा होमिएका थिएनन्, सुशान्त श्रेष्ठ । सन् २००९ मा फेसन डिजाइनिङको अध्ययन सकेर फिल्मकर्मी नवीन सुब्बाको ‘गुडबाई काठमाडौं’ मा कस्ट्युम डिजाइनर बने ।

एस्ट्रोनट बन्ने सपना पूरा नहुने छाँटकाँटले उनलाई फिल्ममा पुर्‍यायो । खासमा उनलाई पहिल्यैदेखि फिल्ममा रुचि । तर, फिल्म पढ्ने जाँगर चलेन । त्यसैले फेसन डिजाइनिङमार्फत फिल्ममा जोडिए । ‘गुडबाई काठमाडौं’ ताका निर्देशनतिर बढी ध्यान हुन्थ्यो, त्यसैले क्यामेरा पछाडि बसिरहन्थे ।

‘हाइवे’ मा सहायक निर्देशक बनेर काम गरेका उनले ‘लुट’ र ‘छड्के’ मा पनि अनुभव बटुले । निर्देशक बन्नका लागि फिल्मका सबै क्षेत्रमा अनुभव बटुले । बिस्तारै आफ्नो झुकाव प्रोडक्सनमा रहेछ भन्ने चाल पाएपछि सन् २०१६ देखि निर्माता बन्ने यात्रा सुरु भयो ।

सन् २०१८ को ‘कथा ७२’, लघु फिल्म ‘जुनुको जुत्ता’ र ‘एट एनोदर विन्टर’ लाई निर्माण गरे । समीक्षात्मक रूपले रुचाइएको ‘ऐना झ्यालको पुतली’ मा उनी सह–निर्माता थिए । अहिले उनी लघु फिल्म ‘गुलाबी पत्र’, ‘माई फस्ट डेथ’ र ‘चलचित्र’ को निर्माणमा व्यस्त छन् ।

‘म फिल्ममा पैसा हाल्ने निर्माता होइन । तर, फिल्मलाई शून्यदेखि सयमा पुर्‍याउने निर्माताको जिम्मेवारीमा छु,’ सुशान्त सुनाउँछन्, ‘फिल्मको सुरुवातदेखि प्रदर्शनसम्म निर्माताको भूमिका हुन्छ ।’ प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनलाई फिल्म निर्माणका तीन सहज चरणका रूपमा हेरिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...